रोशी सहकर्मी–माघ २०,
२०७६, अत्तरपुर/

सिन्धुपाल्चोक जिल्लाको लिसंखुपाखर गाउँपालिका कार्यालयमा अज्ञात समुहले तोटफोड गरेका छन् । शनिबार राती अत्तरपुरस्थित गाउँपालिका कार्यालयमा तोडफेड गरिएको गाउँपालिका अध्यक्ष कमल नेपालले जानकारी दिए । गाँउपालिकाको कार्यलय सँगै पेड्कुमा रहेको वडा नं ६ को वडा कार्यालय र पेड्कुका ११ घर तोडफोड गरिएको नेपालले बताए ।
गाउँपालिका र वडा नम्बर ६ को कार्यालयमा ताला मात्रै फोडेका छन् । ११ वटा घरमा भने सुनचाँदी र पैसा लुटिएछ,’ उनले भने । उनले गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको कार्यकक्ष र स्टोरकक्ष तोडफोड भएको बताए । दराज र घर्रा फोरेर कागजपत्रहरु छर्पष्ट अबस्थामा फालिएको, कागजातहरु चोरी भएको र वडा कार्यालयको पनि ढोका फोरेर दराज र घरा तोडफोड भएको वडाध्यक्ष कैलाश थापाले जानकारी दिए । पेड्कुमा रहेको ११ घरमा राती नै सोही समुहले तोडफोड गरि धनमाल चोरी गरेको उनको भनाई छ । घटना कस्ले गर्यो भन्ने खुल्न नसकेको थापाले बताए ।

Facebook Comments Box