काभ्रे,
अङ्ग्रेजी नयाँ वर्ष सन् २०२३ को पहिलो दिन आज नेपाली टोपी दिवस मनाइँदैछ । नेपाली टोपीको साइनो बङ्लादेशको ढाका, कश्मीर, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ । विशेषतः भाद्गाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रूपमा लिने गरिन्छ । तर नेपालका विभिन्न समुदायले आ–आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गर्छन् ।
नेपाली टोपीको प्रवद्र्धन गर्नका लागि भन्दै केही वर्षदेखि अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो । नेपाल बाहिर रहेका नेपाली र नेपाली भाषीहरूले पनि नेपाली टोपी लगाउने गर्छन् ।