रोशी सहकर्मी–फागुन १०,
२०७६,कुटुम्ब रिसोर्ट(भकुण्डे)/

नेपाली कांग्रेस निकट नेपाल शिक्षक संघ नमोबुद्ध नगरकार्यसमितिको दोश्रो प्रतिनिधिसभा तथा शिक्षक सम्मान कार्यक्रम भकुण्डेबेशीको कुटुम्ब रिसोर्टमा सम्पन्न भएको छ । नेपाली कांग्रेस केन्द्रिय सदस्य शिव प्रसाद हुमागाईको प्रमुख अतिथ्यता रहेको कार्यक्रममा स्थायी हुन सफल नगर भित्रका शिक्षकहरुलाई सम्मान गरिएको थियो ।
साथै लामो समय शिक्षक पेशामा आवद्ध भई अवकास प्राप्त ६ जना शिक्षकहरुलाई दिर्घ सेवी सम्मान स्वरुप प्रसंसा पत्र साथै दोशल्ला ओढाएर सम्मान गरिएको थियो ।
नगर कार्यसमितिका अध्यक्ष दिनेश प्रसाद अधिकारीको सभापतित्व रहेको कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति मधुप्रसाद आचार्य, जिल्ला सचिव दिनेश लामा, क्षेत्रीय सभापति रमेश हुमागाई, नेपाल शिक्षक महासंघका अध्यक्ष आश्विन प्रसाद चौलागाँई, नेपाल शिक्षक संघका अध्यक्ष राजेश राज महत, नगर सभापति कुन्साङ लामा, तरुण दलका सचिव राजिब खनाल, नेपाल शिक्षक संघ काभ्रेका सचिव शम्भु प्रसाद घिमिरे, नेपाली कांगे्रसका जिल्ला सदस्य दिनेश भुर्तेल लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा संस्थाको प्रतिवेदन अर्थ सचिव विजय खनालले प्रस्तुत गरेका थिए भने सचिव रमेश प्रसाद न्यौपानेले कार्यक्रम संचालन गरेका थिए ।

Facebook Comments