माघ १९,
२०७७,काभ्रे/

जिल्लाको नमोबुद्ध नगरपालिकाले तामाङ समुदायको महान पर्व ल्होछार पर्वको अवसरमा तीन दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । तामाङ समुदायको राष्ट्रिय साँस्कृतिक पर्व सोनाम ल्होछार–२८५७ (लाङ ल्हो)को अवसरमा नगरपालिकाले तीन दिन विदा दिन लागेको नगर प्रमुख टि.पि. शर्मा तिमल्सिनाले जानकारी दिए ।

आठौं नगरसभाको दोस्रो बैठक अघि सोमबार बिहान बसेको नगर कार्यपालिकाको बैठकले सोनाम ल्होसारको अवसरमा नगरपालिका कार्यालय र यसअन्तर्गतका सरकारी कार्यालयमा तीन दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो । यसबर्षको सोनाम ल्होसार माघ ३० गते परेको हो । उक्त निर्णयलाई नगरसभाको बैठकले अनुमोदन गरेको छ । यस अघि छिमेकि तेमाल गाउँपालिकाले पनि ल्होछारको लागि भन्दै ३ दिन सार्वजनिक विदा दिने घोषणा गरीसकेको छ ।

Facebook Comments Box