Thursday, January 22, 2026
Date
बिहि, माघ ९, २०८२
Thu, January 22, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रोकिएन काभ्रे जिल्लामा प्रतिबन्धित लागुऔषध तस्करी

RadioRoshi by RadioRoshi
मङ्लबार, साउन ८, २०८१
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर
0
रोकिएन काभ्रे जिल्लामा प्रतिबन्धित लागुऔषध तस्करी
589
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

बनेपा नगरपालिका–७ उग्रेश्वरबाट प्रहरीले यही साउन १ गते लागुऔषध बोकेर हिँडेका २५ वर्षीय कान्छामान तामाङलाई प्रहरीले पक्राउ गर्यो । सुराकका आधारमा पक्रिएका तेमाल गाउँपालिका–७ का तामाङको साथबाट प्रहरीले एक सय ५७ ट्याब्लेट नाइट्राभेट नामक प्रतिबन्धित लागुऔषध बरामद गरेको थियो ।

You might also like

इजाजत प्राप्त हातहतियार प्रहरी चौकीमा बुझाउन काभ्रे प्रशासनको निर्देशन

प्रतिनिधी सभा सदस्य निर्वाचनको लागि आज मनोनयन दर्ता, काभ्रेबाट को को छन् चुनावी प्रतिस्पर्धामा? हेर्नुहोस

शिक्षामन्त्री पुनले दिए राजीनामा

तत्काल प्रहरीले उनको बनेपास्थित डेरामा खानतलासी गर्दा एक सय ३५ ट्याब्लेट नाइट्राभेट फेला पार्यो । इलाका प्रहरी कार्यालय बनेपाले तामाङलाई काभ्रे जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइहेको जनायो । साथै, तामाङसहितका लागुऔषध ओसारपसार गर्ने तथा प्रयोगकर्ताको खोजीकार्य भइरहेको इप्रका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले बताउनुभयो ।

यसअघि गत आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालय काभे्रमा लागुऔषधका १५ मुद्दा दर्ता भएका छन् । सेवनका आठ र ओसारपसारका सात मुद्दामा ३२ जना संलग्न रहेको कार्यालय प्रमुख प्रहरी उपरीक्षक वसुन्धरा खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार आव २०७९÷८० मा सात मुद्दा दर्ता भएका थिए । अठारदेखि २५ वर्ष उमेर समूहका १२ पुरुष, २६ देखि ३५ उमेर समूहका १५ पुरुष, ३६ देखि ४५ उमेर समूहका दुई पुरुष र ४६ देखि ५९ उमेर समूहका दुई पुरुष र एक महिलालाई लागुऔषध सेवन तथा ओसारपसारमा मुद्दा चलाइएको छ ।

कार्यालयका अनुसार प्रहरीले हालसम्म लागुऔषध ओसारपसारका क्रममा तीन सय २५ किलो गाँजा र ३८ ग्राम खेरो हिरोइन बरामद गरेको छ । यस्तै सेवनका क्रममा डाइजिपाम चार एम्पुल, नोफिन तीन एम्पुल, फेनारगन दुई एम्पुल, नाइट्राभेट आठ सय दुई ट्याब्लेट, कोरेक्स तीन बोतल बरामद गरेको प्रहरीले जनाएको छ । बितेको आवमा २० हजार गाँजाका बोट फडानी गरिएको छ भने विभिन्न स्थानमा २० पटक गरेर पाँच सय ८३ जनालाई सचेतना कार्यक्रम गरिएको जनाइएको छ । गाँजा, अफिम, हिरोइन, मर्फिन, कोकिन आदि अवैध लागुऔषध नेपालको कानुनद्वारा निषेधित हो भने सुर्तिजन्य पदार्थ र मदिरा कानुनद्वारा नियन्त्रित लागुपदार्थ हो ।

घटनाक्रमले सुराकका आधारमा मात्रै प्रहरीले जाँच गर्ने र लागुऔषध कारोबारमा संलग्न व्यक्तिलाई पक्राउ गर्ने गरेको देखाएको छ । साथै, बिपी राजमार्गबाट अधिकांश रूपमा लागुऔषध ओसारपसार हुने गरेको देखिएको हो । काभ्रेलगायत छिमेकी जिल्ला तथा राजधानीका विभिन्न स्थानमा बिक्री हुने प्रतिबन्धित लागुऔषध मध्यपहाडी क्षेत्रअन्तर्गतको राजमार्गबाट तस्करी हुने जिल्लास्थित प्रहरीको तथ्याङ्कबाट देखिन्छ ।

पक्राउ परेकामध्ये पनि अधिकांशले ‘ब्रोकर’ बनेर काम गरिरहेको बयान दिँदै आएको प्रहरीले जनायो । प्रहरीको अनुसन्धानले विशेषगरी ‘टिनएजर्स’ यसको तस्करी र प्रयोकर्ताका रूपमा देखिएको सुवेदी बताउनुहुन्छ । घटना विवरणअनुसार तराई क्षेत्रबाट बिपी राजमार्ग हुँदै लागुऔषध तस्करी भई लागुऔषधको ‘ट्रान्जिट प्वाइन्ट’ काभ्रेको बनेपालाई बनाएको देखिन्छ ।

यसैबीच काभ्रेमा लागुऔषध प्रयोग बढ्दो क्रममा रहेको पाइएपछि प्रहरीले यसविरुद्ध अभियान सञ्चालन गरिने जनाएको छ । जिल्लास्थित प्रशासन कार्यालय र प्रहरी कार्यालयले सरोकार भएकाहरूसँग समन्वय गरी जिल्लाभर सचेतना तथा नियन्त्रणसम्बन्धी अभियान चलाइने भएको खड्काले बताउनुभयो । उहाँका अनुसार लागुऔषध सेवन तथा ओसारपसार नियन्त्रणका गर्न सूचना महत्त्वपूर्ण हुने भएकाले परिवार वा समुदाय नै सचेत भए यसको नियन्त्रण सम्भव देखिन्छ ।

लागुऔषध प्रयोगकर्ता कम उमेरका अर्थात् युवा–विद्यार्थी पाइएपछि यसको कुलतमा फसेर जीवन बर्बाद हुने भएकाले परिवार र शिक्षकलाई सचेतना गरिने भएको हो । यस्तै अभियानका क्रममा लागुऔषध प्रयोगकर्ता र ओसारपसारमा संलग्नबारे ‘सुराकी’ र सूचना प्रदान गर्न अपिल गरिएको छ । “नाकाहरूमा लागुऔषध आपूर्ति नियन्त्रण गर्न सुरक्षा–जाँचमा कडाइ गरिएको छ”, प्रहरी प्रमुख खड्काले भन्नुभयो । –रासस

Previous Post

दुई हजार नेपालीलाई केयरगिभरको रुपमा रोजगारी दिन इजरायल सहमत

Next Post

हिजो राती धुलिखेलबाट हराएको मोटरसाइकल भकुण्डेको नौबिसेमा फेला

RadioRoshi

RadioRoshi

Related Posts

इजाजत प्राप्त हातहतियार प्रहरी चौकीमा बुझाउन काभ्रे प्रशासनको निर्देशन
Roshi Khabar E-Paper

इजाजत प्राप्त हातहतियार प्रहरी चौकीमा बुझाउन काभ्रे प्रशासनको निर्देशन

by RadioRoshi
बिहिबार, माघ ९, २०८२
प्रतिनिधी सभा सदस्य निर्वाचनको लागि आज मनोनयन दर्ता, काभ्रेबाट को को छन् चुनावी प्रतिस्पर्धामा? हेर्नुहोस
Roshi Khabar E-Paper

प्रतिनिधी सभा सदस्य निर्वाचनको लागि आज मनोनयन दर्ता, काभ्रेबाट को को छन् चुनावी प्रतिस्पर्धामा? हेर्नुहोस

by RadioRoshi
मङ्लबार, माघ ७, २०८२
शिक्षामन्त्री पुनले दिए राजीनामा
Roshi Khabar E-Paper

शिक्षामन्त्री पुनले दिए राजीनामा

by RadioRoshi
मङ्लबार, माघ ७, २०८२
रोशी गाउँपालिकामा सोनाम ल्होछारको अवसरमा तीन दिन स्थानीय बिदा
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा सोनाम ल्होछारको अवसरमा तीन दिन स्थानीय बिदा

by RadioRoshi
आइतवार, माघ ५, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता
Roshi Khabar E-Paper

निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता

by RadioRoshi
शुक्रबार, माघ ३, २०८२
Next Post
हिजो राती धुलिखेलबाट हराएको मोटरसाइकल भकुण्डेको नौबिसेमा फेला

हिजो राती धुलिखेलबाट हराएको मोटरसाइकल भकुण्डेको नौबिसेमा फेला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

प्राविधिक गडबडीपछि काठमाडौंबाट लुक्ला उडेको हेलिकोप्टर नौ मिनेटमै फिर्ता

काठमाडौंबाट लुक्ला उडेको हेलिकोप्टर प्राविधिक गडबडीपछि नौ मिनेटमै फिर्ता

शुक्रबार, फाल्गुन ११, २०८०
रोशीको तेस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशी मा.वि.लाई

रोशीको तेस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशी मा.वि.लाई

आइतवार, माघ २९, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

इजाजत प्राप्त हातहतियार प्रहरी चौकीमा बुझाउन काभ्रे प्रशासनको निर्देशन
Roshi Khabar E-Paper

इजाजत प्राप्त हातहतियार प्रहरी चौकीमा बुझाउन काभ्रे प्रशासनको निर्देशन

बिहिबार, माघ ९, २०८२
प्रतिनिधी सभा सदस्य निर्वाचनको लागि आज मनोनयन दर्ता, काभ्रेबाट को को छन् चुनावी प्रतिस्पर्धामा? हेर्नुहोस
Roshi Khabar E-Paper

प्रतिनिधी सभा सदस्य निर्वाचनको लागि आज मनोनयन दर्ता, काभ्रेबाट को को छन् चुनावी प्रतिस्पर्धामा? हेर्नुहोस

मङ्लबार, माघ ७, २०८२
शिक्षामन्त्री पुनले दिए राजीनामा
Roshi Khabar E-Paper

शिक्षामन्त्री पुनले दिए राजीनामा

मङ्लबार, माघ ७, २०८२
रोशी गाउँपालिकामा सोनाम ल्होछारको अवसरमा तीन दिन स्थानीय बिदा
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा सोनाम ल्होछारको अवसरमा तीन दिन स्थानीय बिदा

आइतवार, माघ ५, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता
Roshi Khabar E-Paper

निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता

शुक्रबार, माघ ३, २०८२
भारतको आशाममा सम्पन्न अन्तर्राष्ट्रिय करातेमा नेपाली टोलीलाई ३ स्वर्ण सहित पाँच पदक
Roshi Khabar E-Paper

भारतको आशाममा सम्पन्न अन्तर्राष्ट्रिय करातेमा नेपाली टोलीलाई ३ स्वर्ण सहित पाँच पदक

शुक्रबार, माघ ३, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.