काभ्रे,
काभ्रे जिल्ला महाभारत गाउँपालिकामा दाउरा काट्न घरबाट हिडेका एक युवक लडेर घाइते भएका छन् । आज बिहान महाभारतको गोकुलेमा दाउरा काट्न घरबाट निस्किएका प्रबिन भ्लोन लडेर घाइते भएका हुन । उनी गोकुले माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत छन् ।
गोकुले माध्यमिक विद्यालयका शिक्षक मोहन श्रेष्ठका अनुसार खाना पकाउन दाउरा काट्न जादा भ्लोन लडेर घाइते भएका हुन । घाइते भ्लोनको दात झरेको, नाक, कान र मुखबाट रगत बगिरहेको छ । उनलाई थप उपचारको लागि काठमाडौ लैजान हेलिकप्टरको व्यवस्था गर्न पहल भैरहेको शिक्षक श्रेष्ठले जानकारी दिनुभयो ।