काभ्रे,
पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बुद्धभूमि नगपालिका–९ मा बस दुर्घटना हुँदा २९ घाइते भएका छन् । दुर्घटनामा ३ जनाको अवस्था गम्भीर रहेको छ । काठमाडौंबाट दाङ जाँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ००४५ नं. को बस आज बिहान चार बजेतिर आफैँ अनियन्त्रित भई सडकको दायाँ साइडमा पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनमणि अधिकारीले जानकारी दिनुभयो । बसमा ३० जना रहेकामा २९ जना घाइते भएका छन् ।
घाइते भएका २९ जनामध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । अन्य २० जनाको अवस्था मध्यम र ६ जना सामान्य घाइते भएको डीएसपी अधिकारीले जानकारी दिनुभयो । उनीहरुलाई उद्धार गरी संजिवनी सामुदायिक अस्पताल चन्द्रौटा पठाइएको छ । केहीलाई त्यहाँबाट बुटवल रिफर गरिएको छ ।