काभ्रे,
जननायक विश्वेश्वरप्रसाद (वी.पी) कोइरालाको ४१ औं स्मृती दिवसको अवसरमा नमोबुद्धमा वृक्षारोपण गरिएको छ । नमोबुद्ध नगर कार्यसमितिको आयोजनामा नमोबुद्ध वडा नं ६, चरंगेफेदीस्थित खस्रापाखा वनमा वृक्षारोपण गरिएको हो ।


दाते ओखर, एभोकाडो, बेल, धुपी लगायत विभिन्न उपयोगी प्रजातीका १ सय भन्दा बढी विरुवा रोपिएको थियो । वृक्षारोपणमा नेपाली कांग्रेस नमोबुद्ध नगर कार्यसमितिका सभापति एवं नगर प्रमुख कुनसाङ लामा लगायत पदाधिकारीहरु, वडा सभापतिहरु, भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख एवं प्रतिनिधी र पार्टी शुभेच्छुकहरुको उपस्थिती थियो । नेपाली कांग्रेसले वी.पी स्मृती वृक्षारोपण लगायत विभिन्न कार्यक्रम गरी मनाउन निर्देशन समेत दिएको थियो ।