२०७७-जेठ १,
सिन्धुली/

सिन्धुलीमा छिमेकी जिल्लाबाट हुने आवत जावतलाई बन्द गरिने भएको छ। बुधबार जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा बसेको सर्बदलिय बैठकले छिमकी जिल्लाबाट सिन्धुली प्रवेशमा पूर्णरुपमा निरुत्साहित गर्ने निर्णय गरेको हो।

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि जिल्लामा सतर्क अपनाउँन यस्तो निर्णय गरिएको उक्त कार्यालयका प्रशासकिय अधिकृत उपेन्द्र न्यौपानेले जानकारी दिए। ‘छिमेकी जिल्लाबाट यस जिल्लामा हुने मानिसहरुको आवगमनलाई पुर्णरुपमा निरुत्साहित गर्ने र यसका लागि सुरक्षाकर्मीहरुका साथै सम्बन्धित स्थानीय तहबाट समेत विशेष पहल गर्ने निर्णय भएको हो’ उनले भने। छिमेकी जिल्लाहरु उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट लगायतमा कोराना भाइरसको संक्रमितहरु बढ्दै गएपछि जिल्लामा आवगमन बन्द गर्न यस्तो निर्णय गरिएको हो।

‘निर्णयमा पूर्णरुपमा सिल गर्ने भन्ने चाँही छैन्। तर छिमेकी जिल्लाबाट हुने आवगमनलाई पूर्णरुपमा निरुत्साहीत गर्ने भनिएको छ। यसको अर्थ पनि लकडाउनका पालना गर्ने र अत्षवश्यक बाहेक आवगमन ठप्प पार्ने भन्ने नै हो,’ उनले भने। उता सिन्धुलीका सवै स्थानीय तहका टोल टोलमा स्वंयमसेवक टिम बनाइने भएको छ। कोरोना भाइरस ९कोभिड–१९० को रोकथाम तथा नियन्त्रणका लागि यस्तो टिम बनाईन लागिएको हो।‘सर्वपक्षि सर्वदलिय बैठकले स्थानीय तहहरुका प्रत्यक वडाका टोलटोलमा पाँचपाँच जनाको समुह बनाई उनिहरुलाई कोरोना नियन्त्रणसंग सम्बन्धित विषयमा जनचेतना जगाउन परिचालन गरिने निर्णय समेच भएको छ,’ न्यौपानेले भने।

कोरोना भाइरस परिक्षणका लागि आरडिटि र भिटिएम लगाएतका आवश्यक पर्ने अन्य स्वास्थ्य सामाग्रीको अभाव भएकाले आपूर्ती व्यवस्थापनका लागि सम्बन्धित निकायसंग पहल गर्ने निर्णय समेत गरिएको छ।

-अन्न्पुर्ण पोष्टबाट

Facebook Comments