रोशी सहकर्मी–चैत्र १८,
२०७६,धुलिखेल/

रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका–१ राकाथुमस्थित माझी गाउँमा दुर्घटना हुँदा घाईते भएकी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोरम्बा गाउँपालिका–२ दोरम्बा निवासी २४ बर्षिय संगीता पहरी रहेकी छन् ।
त्यस्तै अहिले सम्म २४ जना घाईतेहरुको पहिचान खुलेको छ । घाईतेहरुको धुलिखेल अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
आज बिहान काठमाडौंबाट दोरम्बा जादै गरेको गाडी खाँडादेवी गाउँपालिका–१ राकाथुमस्थित माझी गाउँमा दुर्घटना हुँदा ३२ जना घाइते भएका थिए । बा १४ च ९४९८ बलेरो गाडीमा ३३ जना यात्रु सवार रहेका थिए ।

Facebook Comments Box