काभ्रे,
जापानमा यो हप्ताको अन्त्यसम्ममा शक्तिशाली चक्रवात आउनसक्ने चेतावनी दिइएको छ । त्यहाँका मौसमविद्ले दक्षिणी जापानतर्फ शक्तिशाली चक्रवात अघि बढेको जानकारी दिँदै यो आँधीले पर्सि बुधबार अमाम टापु क्षेत्र पार गर्ने बताएका छन् । मुख्य दक्षिणी टापुतिर फर्कनु अघि यसको गति २ सय १५ किलोमिटर प्रति घण्टाको हुने पूर्वानुमान गरिएको छ । जापानमा यो महिना आँधीले सयौँ उडान तथा रेल सेवा अवरुद्ध गरेको छ ।