यश कुमार परियार–जेठ २८,
२०७७,काभ्रे(भकुण्डे)/

जिल्लाको नमोबुद्ध नगरपालिकाले स्थापना गरेको क्वारेन्टाईनमा बसेका ८ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । जनक माविमा स्थापना गरिएको क्वारेन्टाईनमा रहेका २६ जना मध्ये ८ जनाको पिसिआर रिपोर्ट नेगेटिभ अर्थात कोरोना नभएको पाईएको नमोबुद्धका स्वास्थ्य शाखा संयोजक राजु बोगटीले जानकारी दिए । ८ जना मध्ये २ जनालाई हिजो नै घर पठाईएको र अन्य ६ जनालाई आज घर पठाईने संयोजक बोगटिले जानकारी दिए ।

त्यस्तै क्वारेन्टाईनमा बाँकी रहेका १८ जना मध्ये १७ जनाको भोली स्वाब संकलन गरी घुलिखेल अस्पताल पठाईने उनले जानकारी दिए । बाँकि रहेका १ जना भने हिँजो मात्रै भारतबाट नेपालगंज हुँदै आएको र ७ दिन पुगे पछि मात्रै परिक्षण हुने स्वास्थ्य संयोजक बोगटिले जानकारी दिए ।

यस अघि ४ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आए पछि घर फर्किसकेका छन् । हाल सम्म पिसिआर परिक्षणमा रिपोर्ट नेगेटिभ आउनेको संख्या १२ रहेको स्वास्थ्य संयोजक बोगटिले जानकारी दिए ।

Facebook Comments