रोशी सहकर्मी–साउन १०,
२०७७,सिन्धुली/

जिल्ला प्रशासन कार्यालयले सिन्धुलीले माक्स नलगाई हिड्ने ९६ जनालाई कारबाही गरेको छ । सदरमुकाम सिन्धुलीमाढीका विभिन्न ठाँउमा माक्स नलगाई हिडेका उनिहरुलाई एक सय रुपैयाका दरले जरिवाना गरि कारबाही गरेको कार्यालयले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डे माक्स नलगाई अटेर गर्ने व्यक्तिलाई संक्रमण रोग ऐन अन्तर्गत जरिवाना गरेर सम्झाई छाडेको बताए । भिडभाडमा जाँदा माक्स लगाउन जनचेतना जगाउने उद्देश्यले उक्त अभियान सुरु गरेको उनले बताए । अघिल्लो दिन निःशुल्क माक्स उपलब्ध गराएर जनचेतना जगाउने काम गरेको भएपनि अटेर गरी हिडेकाहरुलाई आज कारवाहि गरिएको उनको भनाई छ ।

आज पनि सदरमुकाम सिन्धुलीमाढी बजारको विभिन्न ठाँउका मानिसलाई निःशुल्क माकस बितरण गरेको कार्यालयले जनाएको छ ।

Facebook Comments