अशोक बुद्ध लामा,भदौ १९,
२०७७,काभ्रे/

विश्वभरी महामारीको रुपमा फैलिएको नोभेल कोरोना भाईरसको जोखिम र रोकथामका निमित्त तेमालमा के भईरहेको छ ?

COVID-19 नोवेल कोरोना भाइरसको कारणविश्व नै आक्रान्तभइरहेको छ । यस सन्दर्भमा नेपालमा पनि २०७६ चैत्र ११ बाट लकडाउन भयो । हामीले लकडाउन हुने वित्तिकैै जनचेतनाको लागि स्वास्थ्यमूलक सन्देश सहित २ दिनप्रचार प्रसार ग¥यौँ । त्यस्तै गरी अत्यवश्यक बस्तु खरिद बिक्रीहुने स्थालहरुमा साबुनपानी र सेनेटाइजरको व्यवस्थाग¥यौँ । जब लक डाउनलम्बिदै गयो नेपाल सरकारले विदेशमा रहेका नेपालीको उद्दार गरेर ल्याएपछि यस वडाकाव्यक्तिहरुलाई स्वास्थ्यचौकीमा नै क्वारेन्टाइनको व्यवस्था गरेर राखेका छौँ । हालसम्म ४ जना १४ दिन क्वारेन्टाइनमा बसेर PCR जाँचपछि घर फर्कीएकाछन् भने २ जनाअझै क्वारेन्टाइन्माछन् ।

-यो वर्षको वजेट के कति छ ?

यस आ. ब. २०७७/०७८ मा यस वडामा तपशिल अनुसारको वजेट विनियोजन भएको छ ।

  • वडागत योजना:
भौतिकपुर्वाधार विकास रु. ४६,६०, १६९ /–
सामाजिकविकास रु. ३२,४६,१०८ /–
आर्थिक विकास रु. १९,६४,०७२ /–
वडागतजम्मा रु. ९८,७०,३४९ /–
  • पालिका स्तरीय योजना:
सामाजिक विकास रु. ३७,००,००० /–
जम्मारु. १,३५,७०,३४९ /–

यस वडामा यस आ. व.को बजेट भौतिक पूर्वाधार विकास सामाजिक तथा आर्थिक विकास खानेपानी, स्वास्थ्य शिक्षा लगाएतका क्षेत्रमा केन्द्रित रहेको छ ।

– गतवर्षको वजेटको नतिजा कस्तो भयो ?

गत वर्षाको वजेट करीब ९५% कार्यन्वयन समयमा नै सम्पन्नभएको छ कोरोना भाइरसको महामारीको विचमापनि ९०% भन्दामाथी बजेट कार्यन्वयनहुनु भनेको राम्रो नै भएको मान्नुपर्छ ।

– के–के योजनाचाहिँगौरवको योजनाको रुपमा सञ्चालन गरीरहनुभएको छ ?

यस वडामाहालसम्मगौरवको योजनाको रुपमापालिका स्तरीय वाट पञ्चबुद्धनिर्माण र वडा स्तरीय रुपमा रानीदह स्मारिका पार्क निर्माण, कुन्छाङ देक्षिणलिङ गुम्ब निर्माण वडा कार्यलय भवननिर्माण स्वास्थ्यचौकीभवननिर्माण जस्ता योजनाहरु सञ्चालितछन् ।

हो, स्थानिय निर्वाचनभएको ३ वर्ष पुरा भएर चौथो वर्षमाछौँ । यस अवधिमा मैले हिजो निर्वाचनको वेलामाआफ्नो वडा बासीहरुमाझ गरेका वाचाहरु लाई पुरा गर्ने प्रयासमा छु ।हामीले ३ आर्थिक वर्षको वजेट कार्यन्वयन सकिँदाहाल सम्मवडामा करीब २५ कि. मि. नयाँकच्चीमोटर बाटोको निर्माण गरेका छौँ । यस्तै गरी करीब ३० कि. मि. पुरानो बाटो मर्मत सम्भार गरेका छौँ ।खानेपानीको व्यवस्थापनकालागि यस अघी सञ्चालीत सबै खानेपानी योजनाको मर्मत सम्भार कार्य सम्पन्न गरेको छ । वडाकार्यलय भवननिर्माणकार्य यहीआ. व. मा सम्पन्नहुनेछ भने स्वास्थ्यचौकीभवननिर्माणधिन छ । शिक्षामाहामीले वडाशिक्षा समितिगठन गरी नियमित रुपमाक्रियाशिलबनाएकाछौँ । गतवर्ष देखीकक्षा ८ को परिक्षा केन्द्र तोकी सञ्चालन गरेका छौँ । कृषिमा तरकारी खेतीतालीम सञ्चालन गरेको छु भने प्रत्येक घर धुरीलाई फलफूलकाविरुवाहरु निशुल्कवितरण गरेको छु् । ऐतिहासिक रानीदह स्मारीकापार्क तथा कुन्छाङ रेक्षेण लिङ गुम्बा को DPR तयार पारी गौरवको योजनाको रुपमाअगाडीबढाएको छु ।

– शिक्षा स्वास्थ्य र रोजगारीको अवस्था के छ ?
महत्वपूर्ण प्रश्नगर्नु भयो समाजविकासको लागिमहत्वपूर्ण कुराहरु हुन स्वास्थ्यशिक्षा र रोजगार सबैभन्दापहिला स्वास्थ्यको कुरा गरौँ यस वडामा एक स्वास्थ्यचौकी रहेको छ । स्वास्थ्यचौकीमा H.A. –१, अ.हे.ब.–२ र अ.न.मी.–२ स्वास्थ्यकर्मी रहेको छ ।जेष्ठनागरीक तथा सुत्केरी महिलाहरुको नियमित चेक जाँच गरेको छ भने जेष्ठतथाअपाङ्गदिर्घ रोगीहरुको लागिलकडाउनको समयमा निशुल्क औषधीवितरण गरेको छ । शिक्षा क्षेत्रको कुरा गर्नुपर्दा वडामा ४ प्रा. वि., १ नि.मा.वि. र १ मा.वि. रहेको छ ।शिक्षामागुणस्तर अभिवृद्धिको लागिवडाशिक्षा समितिनिर्माण गरेर विभिन्नकार्यक्रमहरु गरेका छौँ । गतवर्ष देखीकक्षा ८ को परीक्षालाई केन्द्र तोकीकपी परीक्षण कोडिङ गरेका छौँ भनेतहगत रुपमाउत्कृष्टविद्यार्थीलाई पुरस्कारको पनिव्यवस्था गरेको छ ।

रोजगारीको कु्रा गर्न पर्दा यस वडामागतवर्षहरुमाविभिन्नतालिमहरु सञ्चालन गरेर स्वरोजगारको लागिपहल गरेको छ ।यस वडाको अधीकांस मानिसहरु पर्यटनव्यवसायमा रहेको छ हाल कोरोना भाइरसको महामारीको कारणपर्यटनव्यवसायपूर्ण रुपमा सञ्चालनहुने योजनाहरुलाई रोजगार सँग जोडिएर गर्न सकेसम्म मेशिनरी सामाग्रीप्रयोग नगर्ने भन्ने सोच राखेको छु ।
यस वडाभित्रमहत्वपूर्ण तथानिर्माणधिन योजनाहरु मामुख्य गरी पञ्चबुद्धमूर्ति निर्माण, रानीदह स्मारीकापार्क निर्माण, कुन्छाङ रेक्षेण लिङ गुम्बानिर्माण रहेका छन् ।

– रोजगारीको लागि के–के गर्नु भएको छ ?

रोजगारी भन्दापनि स्वरोजगार भनौ स्वरोजगरको लागिवडामासिलाइकटाइ, पाउँनिर्माण, तरकारी खेती सम्बन्धीतालिमतथाग्रामीणपर्यटनतथाहोमस्टे सम्बन्धीकार्यलाई अगाडीबढाएकाछौँ । रोजगारीकै कुरा गर्नुपर्दा प्रधानमन्त्री रोजगार कार्यक्रमपनि छ भने कोरोना महामारीको कारण रोजगारीमा संकट परेकोले चालु अ.व. मावडामा सञ्चालनहुने सबै योजनालाई रोजगारीको लागिविकास निर्माणभन्ने नाराका साथ मेशिनरी सामाग्रीको सट्टामाकामदार लगाएर सम्पन्नगर्ने लक्षलिएको छु ।

– युवा लक्षित कार्यक्रमहरु के–के छन् ?

युवाभनेको देशको उर्वरा शक्तिहो । युवा र खेलकुदलाई जोडेर अगाडीबढ्न सक्यौँ भने राम्रो हुन्छ । खेलकुदले युवालाई जोश जाँगर बढाउनुका साथै अनुशासितपनिबनाउँछ । त्यसैले वडाले यस आ.व. मायुवाहरुको लागि खेलकुद सामाग्री खरीद, अध्यक्षकपफुटवलको लागिप्रशिक्षण खेलकुदप्रतियोगिता सञ्चालन, जस्ता कार्यक्रमहरु राखीएको छ ।

यस वडामाउत्पादीत वस्तुहरु प्राय सबै वडाभित्रखपतहुने गर्छ जसले गर्दा बजारीकरणको खासै समस्या छैन केही वस्तुहरु शहरमा लगेर बेच्नु पर्ने हुँदापनि वस्ती वस्तीमा सडक सञ्जालजोडिएको कुनै समस्या छैन । वडाले कुनै वेला सडकअवरुद्दभयो भने २४ घण्टाभित्रअवरुद्द सडक सञ्चालनगर्ने गरेको छ जसले गर्दा बनेपा, काठमाण्डौँ लगेर कुनै पनि वस्तु विक्रीगर्न सकिन्छ ।

अनुदानमा फलफुल विरुवावितरण, मगर भाषाप्रशिक्षण, सिलाइकटाइतालिम, महिला, दलित, अपाङ्गलक्षितकार्यक्रमहरु सञ्चालनमाछन् ।
लक्षितवर्गलाई अनुदानदिएको छु तर नगदअनुदानभन्दापनितालिमतथा सामाग्री नै खरीद गरेर दिने गरेका छौँ जसले गर्दा अनुदानको रकम अन्य काममा खर्च हुँदैन ।

Facebook Comments Box