Wednesday, June 10, 2026
Date
बुध, जेष्ठ २७, २०८३
Wed, June 10, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

शैक्षिक गुणस्तर सुदृढ गर्न जनक र डेडिथुम्का माविबीच ‘भगिनी सम्बन्ध’ स्थापना

RadioRoshi by RadioRoshi
शुक्रबार, फाल्गुन ८, २०८२
in Roshi Khabar E-Paper, शिक्षा
0
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,रेडियो रोशी,

नमोबुद्ध नगरपालिका–४ स्थित जनक माध्यमिक विद्यालय र मण्डनदेउपुर नगरपालिका–९ स्थित डेडिथुम्का माध्यमिक विद्यालय बीच भगिनी सम्बन्ध स्थापना भएको छ । आज जनक माविको प्राङ्गणमा एक विशेष कार्यक्रमको आयोजना गरेर दुवै विद्यालयका व्यवस्थापन समिति, प्रधानाध्यापक शिक्षकहरू र बिद्यार्थीहरुको उपस्थितिमा भगिनी सम्बन्ध स्थापना गरिएको हो ।

You might also like

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध

रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

दुवै विद्यालयले अपनाएका उत्कृष्ट शिक्षण विधि र सिकाइ प्रक्रियालाई एक–अर्कासँग साटासाट गर्ने, विद्यालयले गरेका असल अभ्यासहरु आदानप्रदान गर्ने तथा विद्यालयको चौतर्फी विकासमा सहकार्य गर्ने उद्देश्यका साथ दुई बिद्यालयबीच भगिनी सम्बन्ध स्थापना गरिएको हो ।

कार्यक्रममा पानसमा दीप प्रज्वलन गरी दुवै विद्यालयका बाल क्लबका अध्यक्ष र विद्यालय क्याप्टेनहरूले एक–अर्काको विद्यालयको झण्डा साटासाट गरेका थिए। डेडिथुम्का माविबाट प्रधानाध्यापक शिवकुमार पौडेलको नेतृत्वमा कक्षा ४ देखि १२ कक्षा सम्मका लगभग ६० जना विद्यार्थी र शिक्षकहरूको टोली जनक मावि आएका थिए ।

भ्रमणका क्रममा डेडिथुम्काको टोलीले जनक माविको भौतिक संरचना र त्यहाँ सञ्चालित उदाहरणीय परियोजनाहरूको अवलोकन गरेको थियो ।

अवलोकनका क्रममा जनक माविले गरिरहेका नवीन कार्यहरू विशेष आकर्षणको केन्द्र बनेका थिए । बिद्यालय नेपाल सरकारबाट नमुना बिद्यालय बिकासका लागि छनौट भईसकेको बताउनुहुदै नमुना बिद्यालयमा हुनुपर्ने सबै सुचकहरु पुरा हुनेगरि काम भैरहेको बिद्यालयका प्रअ प्रदिप पोखरेलले बताउनुभयो ।

विद्यालयमा नेपाल सरकारको पढ्दै कमाउदै कार्यक्रम अन्तर्गत बिभिन्न कार्यक्रमहरु सन्चालनमा रहेका छन्। जसअन्तर्गत बिद्यालयले ८ रोपनी जग्गा लिजमा लिएर खेती गरिरहेको छ।

विद्यार्थीहरूलाई उद्यमी बनाउन साढे २२ लाख रुपैयाँको ‘जनक उद्यम कोष’ स्थापना गरिएको छ। परियोजना प्रस्ताव पेस गर्ने इच्छुक विद्यार्थीले ५० हजार रुपैयाँसम्म २ प्रतिशत ब्याजमा ऋण पाउँछन्, जुन उद्यमको प्रकृति अनु्सार चुक्ता गर्नुपर्ने हुन्छ। हालसम्म ९ जना विद्यार्थीले यो सुविधा लिइसकेका छन् । ऋण लिएर उत्कृस्ट उद्यम गर्ने बिद्यार्थीलाई पुरस्कृत समेत गर्ने गरिएको छ । हाल विद्यालयमा १६ वटा गाई–भैँसी पालिएका छन् ।

पढ्दै कमाउदै कार्यक्रम अन्तर्गत बिद्याथीहरुलाई बाख्रा सापटि कार्यक्रम पनि सञ्चालनमा रहेको छ । जसमा बिद्यार्थीहरुलाई आजको दिनसम्म ३० वटा बाख्रा बितरण गरिएको छ । बितरण गरिएको बाख्राले जन्माएको पहिलो पाठापाठि बिद्यालयमा बुझाएपछि माउ बिद्यार्थीलाई नै दिईने बिद्यालयका प्रअ प्रदिप पोखरेलले बताउनुभयो । त्यस्तै आगामी वैशाखदेखि माछापालन सुरु गर्न पोखरी निर्माण भइसकेको छ। त्यसैगरि कुखुरापालन पनि गरिरहेको छ ।

विद्यालयमा नेपाल टेलिकमको सहयोगमा ई–लाइब्रेरी सञ्चालनमा छ। यस्तै, इजरायल सरकार र काठमाडौँ विश्वविद्यालय (केयु) को समन्वयमा ‘लघुना वाटर फिल्टर प्रोजेक्ट’ सञ्चालनको तयारी भइरहेको छ, जसले शौचालयको पानी फिल्टर गरी सिँचाइमा प्रयोग गर्ने बिद्यालयको तयारि छ ।

यो सम्बन्ध केवल कागजी सम्झौतामा मात्र सीमित नभई, सामुदायिक विद्यालयको चौतर्फि बिकास गर्न र गुणस्तरीय शिक्षा प्रदान गर्न कोसेढुङ्गा सावित हुने जनक माविका प्रधानाध्यापक प्रदिप पोखरेलले विश्वास व्यक्त गर्नुभयो । झण्डै ४०० विद्यार्थी रहेको डेडिथुम्का र ११५६ विद्यार्थी रहेको जनक माविले आफ्ना सफल अभ्यासहरू एक–आपसमा बाढ्ने प्रतिबद्धता जनाएका छन्।

कार्यक्रममा दुईटै बिद्यालय बिद्यार्थीहरुले सस्कृती झल्काउने गितहरुमा नृत्य प्रस्थुथ गरेका थिए । कार्यक्रममा नमोबुद्द ४ का वडा सदस्य सुरेन्द्र चिमौरिया, दुईटै बिद्यालयमा प्रअ, शिक्षक शिक्षिकाहरु, बिद्यार्थीहरु, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

Previous Post

आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदै

Next Post

मकवानपुरको मनहरीमा बस दुर्घटना हुँदा २२ यात्रु घाइते

RadioRoshi

RadioRoshi

Related Posts

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध

by RadioRoshi
बुधबार, जेष्ठ २७, २०८३
रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम
Roshi Khabar E-Paper

रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम

by RadioRoshi
मङ्लबार, जेष्ठ २६, २०८३
एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट
Roshi Khabar E-Paper

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

by RadioRoshi
शुक्रबार, जेष्ठ २२, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

by RadioRoshi
मङ्लबार, जेष्ठ १९, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

by RadioRoshi
मङ्लबार, जेष्ठ १९, २०८३
Next Post
मकवानपुरको मनहरीमा बस दुर्घटना हुँदा २२ यात्रु घाइते

मकवानपुरको मनहरीमा बस दुर्घटना हुँदा २२ यात्रु घाइते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

तिहारमा ढकमक्क सयपत्रीले सजिएको जनक मा वि

तिहारमा ढकमक्क सयपत्रीले सजिएको जनक मा वि

बिहिबार, कार्तिक १६, २०८०
नमोबुद्धमा मादक पदार्थ सेवन गरी आफ्नै बुबाको हत्या, छोरा पक्राउ

नमोबुद्धमा मादक पदार्थ सेवन गरी आफ्नै बुबाको हत्या, छोरा पक्राउ

शुक्रबार, कार्तिक २३, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध

बुधबार, जेष्ठ २७, २०८३
रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम
Roshi Khabar E-Paper

रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम

मङ्लबार, जेष्ठ २६, २०८३
एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट
Roshi Khabar E-Paper

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

शुक्रबार, जेष्ठ २२, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.