तस्बीरः सामाजिक संजाल

पुस ५,
२०७७,काभ्रे/

प्रतिनिधिसभा विघटनविरुद्ध सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता, कार्यकर्ता सडकमा उत्रिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई गैरसंवैधानिक बताउँदै नेकपाका जनवर्गीय संगठनहरु ऋाज काभ्रेमा पनि प्रदर्शनमा उत्रिएका हुन् । आज दिउँसो देखि बनेपाको चारदोबाटोमा नेकपा नेता, कार्यकर्ता लगायत विभिन्न दलका कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागी नेता, कार्यकर्ताहरुले ‘संसद विघटनको असंवैधानिक कदम खारेज गर’, ‘पुस १ को नयाँ संस्करण, पुस ५ को संसद विघटन’, ‘सर्वसत्तावादी कदम खारेज मूर्दावाद’, ‘संसद विघटन जनमतको धोका हो’ लगायतका नारा लगाएका थिए ।

Facebook Comments Box