रोशी सहकर्मी, असोज १७
जिल्ला प्रहरी कार्यालय काभे्रले चाडपर्व लक्षित गरेर सुरक्षा योजना सार्वजनिक गरेको छ । कार्यालयमा बुधबार पत्रकार सम्मेलन मार्फत मुख्य राजमार्ग अरनिको र बीपी तथा सहायक मार्गलाई लक्षित गरेर सुरक्षा योजना सार्वजनिक गरेको हाृ ।
जिल्ला प्रहरी कार्यालय काभे्रका प्रहरी नायव उपरीक्षक दीपक गिरीले बीपी राजमार्गको काभे्रभञ्ज्याङ्, मंगलटार र अरनिको राजमार्गको पाँचखालमा चेकपोष्ट राखिएको छ । उपत्यकाबाट घर फर्किनेको चाप बढेसँगै बीपी राजमार्गमा सवारी चाप बढेको छ । पृथ्वी राजमार्गमा बढी जाम हुनेभएपछि पूर्वी जिल्ला जाने अधिकांश बस बीपी राजमार्ग हुँदै जान थालेको गिरीले जानकारी दिनुभयो ।
चेकपोष्ट मार्फत प्रहरीले सवारी सधानको चेक, सरकारले तोके भन्दा बढी भाडा लिए नलिएको, सिट संख्या भन्दा बढी यात्रु राखे नराखेको, लामो दुरीमा चल्ने बसमा दुई जना चालक राखे नराखेको लगायत चेक जाँचमा कडाइ गरिएको डीएसपी गिरीले बताउनुभयो । प्रहरीले २४ सै घण्टा मुख्य बजारमा गस्ती, राजमार्गमा मोवाइल गस्तीलाई बढाएको जनाएको छ । त्यस्तै चोरी डकैती नहोस् भन्नका लागि साझा पोशाकमा प्रहरी परिचालन, जुवातास नियन्त्रण गर्न बिशेष टोली परिचालन तथा मदिरा बेचबिखनमा कडाई गरिएको जनाएको छ । अन्य सहायक मार्गमा पनि चेक जाँज कडाइ बनाइएको जनाएको छ ।

Facebook Comments Box