यश कुमार परियार–भकुण्डे,
असोज १८

घरायसी विवादका कारण काभ्रेको नमोबुद्ध नगरपालिका–२ का १८ वर्षीय वियज तामाङले आफ्नै बाबुको हत्या गरेका छन् । तामाङले गए राति ११ः०० बजे पिकले टाउकोमा प्रहार गरी ४२ वर्षका बाबु टेकबहादुरको हत्या गरेको प्रहरीले जनाएको छ । टाउकोमा पिक प्रहारपछि गम्भीर घाइते टेकबहादुरको उपचारका क्रममा आज बिहान धुलिखेल अस्पतालमा मृत्यु भएको भकुण्डे प्रहरी चौकीका इञ्चार्ज प्रहरी नायब निरीक्षक अशोक महतोले जानकारी दिए । उनका अनुसार घटनापछि भाग्ने क्रममा वियजलाई हिजो राति नै पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धुलिखेलमा बुझाइएको छ । घटनाबारे थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी दिपक गिरीले जानकारी दिए ।

Facebook Comments