मंसिर २०,
२०७७,काभ्रे/
वि. सं. २०३२ सालमा स्थापना भएको यस श्री हिमालय माध्यमिक विद्यालय विभिन्न अवरोध, समस्यालाई झेल्दै र ती समस्याहरुको निरन्तर रुपमा समाधान गर्दै अहिलेको अवस्था सम्म आइपुगेको छ । प्रा.वि., नि.मा.वि. र मा. वि. सम्म हुदै अहिले हामी १२ कक्षा सम्म विद्यालय सञ्चालन गरिरहेका छौँ । हरेक ठाउँमा समस्या हुन्छ, जहा समस्या हुन्छ त्यहा समाधान पनि पक्कै हुन्छ । हामी हाम्रा अगाडि देखा परेका समस्यालाई चिर्दै यहाँसम्म आइपुगेका हौँ र आगामी दिनमा पनि जस्तो सुकै समस्या आइपरे पनि सामुहिक रुपमा हल गर्ने प्रण गर्दै अगाडि बढ्ने र विद्यालय जस्तो र विद्यालय जस्तो पवित्र क्षेत्रमा प्रवेश गर्दा हामी जो सुकैले पनि ती कलिला, अवोध बालबालिकाहरुको मन मस्तिष्कमा सकारात्मक प्रभाव पार्न सक्ने चिन्तनले प्रवेश गर्यो भने पक्कै पनि आजको युगले परिकल्पना गरेको विद्यालय, गुणस्तरीय शिक्षा र विद्यालय शान्ति क्षेत्र जस्ता कुराहरुको सम्मान र बालबालिकाको अधिकारको सुनिश्चितता (जुन संविधानले व्यवस्था गरेको छ) गर्न सक्यौ भने विद्यालयले हरेक क्षेत्रमा फड्को मार्न सक्छ र हामीले चाहे जस्तो शैक्षिक जनशक्ति उत्पादन गर्न सक्छ । यस महान् कार्यमा यहाँहरु सबैको सामूहिक सहयोग र सद्भाव आजको आवश्यकता हो ।

“शिक्षा विकासको मेरुदण्ड हो” र हामीले उत्पादन गर्ने शैक्षिक जनशक्ति आजको युगको सुहाउदो हुनुपर्छ । आजका बालबालिका राष्ट निर्माणका कर्णधार हुन् । तसर्थ हामी, हामी बिचको अन्तर विरोधले ती राष्ट निर्माणका आधारशिला बालबालिका माथि असर पर्यो भने भोली हाम्रो राष्ट र ती बालबालिकाको भविष्य के होला ? के यसमा हामीले दूरदर्शिता अपनाउनु पर्दैन र ?

विद्यालय साझा र सुन्दर फूलबारी हो र हुनैपर्छ । विद्यालय शान्ति क्षेत्र हो र हामीले शान्ति क्षेत्र बनाउनै पर्छ । या कार्य हामी एक्लैले गरेर सम्भव छैन । मैले अगाडि देखि जोड दिदै आएको सामूहिक एकता र सामूहिक प्रयासबाट मात्र यो सम्भव छ । अन्यथा विद्यालय जस्तो पवित्र क्षेत्रमा पक्ष, प्रतिपक्ष भइरह्यो भने हामी कुनै पनि कुरा सहज तरिकाबाट सम्पन्न गर्न सक्दैनौ । जसको प्रत्यक्ष असर बालबालिकामा पर्न जान्छ र राज्यले बालबालिकाको हितको लागि भनेर गरेको लगानी बालुवामा पानी हुन्छ र हाम्रो समाज आधुनिकता तर्फ होइन परम्परागत समाजमा रुपान्तरण भैदिने खतरा बढेर जान्छ र भविष्यको पुस्ताले हामीलाई सराप्ने डर छ र त्यसको दोष हामी सबैले लिनुपर्ने हुन्छ । समयमै बुद्धि पुर्याएन भने पश्चातापको भूमरीमा रुमल्लिदै टाउको समाएर बस्ने बाहेक अरु काम हुने होइन ।

विगत केही समयदेखि रिक्त रहेको विद्यालय व्यवस्थापन समितिको गठन गर्न सकिरहेको छैन । विद्यालय व्यवस्थापन समिति विद्यालयको सरकार हो । विना सरकार त राज्यका दैनिक प्रशासनिक काम, काजहरु ठप्प हुन्छन भने लामो समयदेखि यस विद्यालयमा व्यवस्थापन समिति गठन नहुँदा प्रत्यक्ष रुपमा विद्यालयका हरेक कृयाकलापमा कति प्रभाव परेको होला ? विद्यालयमा गठन हुने सम्पूर्ण अंगहरु विद्यालयका सहयोगी संगठन हुन् र ती अंगका कार्य विद्यालयलाई कसरी सवल, सक्षम र मजबुत बनाउन सकिन्छ भन्नेतिर केन्द्रित हुनुपर्छ अनि मात्र हाम्रो उदेश्य प्राप्ती हुन्छ ।

आजको युग एक्काइसौ शताब्दी प्रवेशको चरणको युग हो । विश्व आज दोस्रो विश्वको खोज गरिरहेको छ । हामी आज पनि नकारात्मक चिन्तन, इगो, बेमेल, मनमुटाव गरेर मात्र बसी रह्यौ भने सोच्नुहोस् हाम्रा बालबालिकाको भविष्य अन्धकार मात्र होइन, रुढिबादी, परम्परावादी हुदै कतै ढुंगे युगतिर त धकेलिने होइन ? त्यसैले हामीले छिटो भन्दा छिटो निर्णय गर्नैपर्छ । किनकी यो हाम्रो सामुहिक समस्या हो ।
प्रजातान्त्रिक व्यवस्थामा प्रजातन्त्र के हो यो हामी सबले बुझ्न जरुरी छ । प्रजातन्त्रको अर्थ स्वतन्त्रता हो तर कति स्वतन्त्रता हो त्यो संविधानमा व्यवस्था गरिएको हुन्छ भने विद्यालयको सहयोगी संगठनहरुको गठन प्रकृया पनि शिक्षा ऐन, नियमावली, कार्यविधि आदीमा व्यवस्था गरिए बमोजिम हुने नै हो । नियम, नीति भन्दा माथि हामी कोही पनि छैनौ । विद्यालयका हरेक अंगहरु विद्यालयप्रति जवाफदेही र समर्पित हुनैपर्छ । यी अंगहरु शासक होइन विद्यालयका सेवक हुनुपर्छ । सबैको साथ सहयोग र कुशल नेतृत्वबाट मात्र विद्यालयको प्रगति सम्भव हुन्छ । यो कुरा तपाई हामी सबैले सोच्न जरुरी छ ।

विद्यालयमा भएका केही तथ्यांकहरु र हाल विद्यालयमा संचालित कार्यहरुको प्रगति प्रतिवेदन प्रस्तुत गर्न गर्दछु ।

हाल विद्यालयमा कक्षा बालविकास देखि कक्षा १२ सम्म अध्ययनतर विद्यार्थीहरुको विवरणः

क्र. स.कक्षा विद्यार्थी संख्या
१.बालकक्षा २० जना
२. २२ जना
३. ११ जना
४. २० जना
५. २४ जना
६.१३ जना
७.३२ जना
८. ४५ जना
९. ३५ जना
१०. ४७ जना
११. १० ३० जना
१२. १११३ जना
१३. १२ १४ जना

माथि उल्लेखित विद्यार्थीहरुको विवरणमा भर्ना कार्यक्रम निरन्तर रुपमा चलिरहेको हुँदा पछि अपडेट गरिने व्यहोरा अनुरोध छ ।

हाल विद्यालयमा कार्यरत कर्मचारीहरुको शिक्षक तथा कर्मचारीको विवरण
१. शिक्षक संख्या जम्मा १३ जना, मा.वि. राहत ४, नि.मा.वि. राहत १, दरबन्दी २ जना, जम्मा ३ जना
प्राथमिक तह दरबन्दी ५ जना, स्थायी प्रा. वि. ५ जना, नि. मा. वि. १ जना बालविकास शिक्षक १ जना
२. लेखापालः १ जना
३. कार्यलय सहयोगीः १ जना
हाल विद्यमान भवन संख्या
भवन संख्याः ६ वटा, कक्षा कोठा संख्याः १६ ओटा, डेक्स बेन्च संख्याः ८२ वटा, दराजः ४ वटा, कुर्सीः २७ वटा, टेबलः ९ वटा, ह्वाइटबोर्ड १२ वटा

हाल भइरहेका कार्यहरुको प्रगति प्रतिवेदन
१. कोभिड १९ महामारीको बावजुद पनि सहजीकरण कक्षा स्वास्थ्य मापदण्ड पूरा गरी निम्न अनुसार संचालन गरिएको ।
कक्षा १ देखि ७ सम्म ३ दिन (आइतबार, मंगलबार, बिहिबार)
कक्षा ८ देखि १० सम्म ३ दिन (सोमबार, बुधबार, शुक्रबार)
सबै विषयको पठन पाठन भइरहेको छ ।
कक्षा ११ र १२ को परीक्षा समापन परी नियममित कक्षा सञ्चालन गरिने ।

निर्माण तर्फ
यशियाली बैंकको ऋण अनुदान सहयोग र नेपाल सरकार मार्फत पुनः निर्माण हुने विद्यालय भवनको निर्माण कार्य सुर भइसकेको । स्थानीय सरकार निर्वाचित भइरेके पश्चात् विद्यालयमा स्थानीय सरकारको सहयोगमा विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याव, पुस्तकालय लगायतका क्षेत्रहरुमा उल्लेखनीय सहयोग उपलब्ध भएको ।

लक्ष्यहरु
१. विद्यार्थीको सिकाई प्रकृयालाई परम्परावादी सिकाईबाट परिवर्तन गरी विज्ञान तथा प्रविधिको विकास सँगै सिकाई प्रकृयालाई आधुनिकीकरण गर्ने २. हाल भएको विद्यार्थी सिकाई उपलब्धिलाई वृद्धि गर्दै परम्परागत शिक्षण विधिमा परिवर्तन गरी आधुनिक शिक्षण विधिको प्रयोग गर्ने ।
३. शिक्षण सिकाई कृयाकलापलाई प्रभावकारी बनाउन सैद्धान्तिक र प्रयोगात्मक दुवै कक्षा सञ्चालन गरिने ।
४. प्रत्येक शैक्षिक वर्षमा ३ वटा परीक्षाको प्रगति विवरण तयार पारी विद्यार्थीलाई दिने ।
५. प्रत्येक वर्ष शिक्षण सिकाई कृयाकलापलाई प्रभावकारी बनाउनको लागि शैक्षिक भ्रमण, बनभोज, अवलोकन जस्ता कार्यक्रमहरु गर्ने ।
६. बालमैत्री सिकाईलाई जोड दिदै झन् व्यवस्थित गरिने ।
७. हरेक ३ महिनाको समयमा त्रिकोणात्मक (विद्यार्थी शिक्षक र अभिभावक बीच अन्तर कृया कार्यक्रम संचालन गर्ने ।
८. कम्प्युटर ल्यावलाई अझ व्यवस्थित बनाई सूचना तथा प्रविधिको पहुँचमा रहने ।
९. हाल सञ्चालित पुस्तकालयलाई पूर्ण व्यवस्थित गरी इ लाइब्रेरी को व्यवस्था गरिने ।
१०. परीक्षालाई आधुनिकिकरण गरी व्यवस्थित गरिने ।
११. विद्यालयलाई अहिले भइरहेको अवस्थाबाट परिवर्तन गरी सूचना तथा प्रविधिको विकास गरी आधुनिकीकरण गर्ने ।
१२. शिक्षण सिकाई कृयाकलापलाई आधुनिकिकरण गर्न प्रोजेक्टरको व्यवस्था गरिने ।
१३. विज्ञान प्रयोगशालालाई व्यवस्थित र प्रविधिको विकाससँगै आधुनिकीकरण गर्ने ।
१४. शैक्षिक गुणस्तर वृद्धि गरी सिकाई उपलब्धिलाई अझ माथि पुर्याउन अहोरात्र योगदान गर्नु हुने गरी शिक्षक तथा विद्यालय कर्मचारीको पहिचान गरी उनीहरुलाई प्रोत्साहनको व्यवस्था गर्ने ।
१५. विद्यालयमा खेल मैदानलाई अझ व्यवस्थित गरिने र भलिवल, टेबल टेनिस, व्याडमिन्टन, बास्केटबल, चेस, जस्ता खेलको विद्यार्थीहरुमा विकास गराउन माथि उल्लेखित खेलहरु सञ्चालन गरिने ।
१६. नेपाल सरकारबाट विद्यालयलाई छात्राहरुको लागि निःशुल्क गरिएको सेनेटरी प्याड वितरणमा सम्पर्क व्यक्ति तोकी सल्लाह, सुझाव सहित स्वास्थ्य तथा मनोपरामर्श र यौन शिक्षा सहित सेनेटरी प्याड वितरण कार्यलाई प्रभावकारी बनाउने ।
१७. विद्यालयमा हुने गरेका वार्षिक आर्थिक कृयाकलापहरुलाई सबैमा सूचना पुग्नेगरी पारदर्शी बनाउने ।
१८. विद्यालयको वातावरण स्वच्छ, सफा र हराभरा बनाउनको लागि वृक्षारोपणका कार्यक्रमहरु सञ्चालन गरिने ।
१९. शिक्षण सिकाई क्रियाकलापमा असर पर्न नदिनको लागि विद्यालय हाता वरिपरि घेराबारको व्यवस्था गर्ने ।
२०. पूर्ण स्वस्थ र सफा खानेपानी विद्यालयमा उपलब्ध गराउनको लागि सरोकारवालासँग छलफल गरी समुदायमा संचालित खानेपानीको योजना बाट नै विद्यालयलाई खानेपानी उपलब्ध गराउन अनुरोध गर्ने ।
२१. शौचालय सफा र व्यवस्थित बनाइने ।


धन्यवाद ।
निमित्त प्रधानाध्यापक
हिमालय माध्यमिक विद्यालय
रोशी ६, सिपाली

Facebook Comments Box