चैत्र २३,
२०७७,काभ्रे/

प्रधानमन्त्रि मातहतको हेल्लो सरकारमा खानाको विषयमा उजुरी परेपछि नमोबुद्ध नगरपालिका वडा नं २ मा संचालित स्टाफ होटलमा छापा मारिएको छ । जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं २ बुच्चाकोटमा संचालित स्टाफ होटल नामक उक्त होटलमा अखाद्य बस्तु जफद गरी नष्ट गरिएको छ । आज (सोमबार) काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी अमर दिप सुनुवारको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यलय काभ्रे, घरेलु तथा साना उद्योग काभ्रे, नमोबुद्ध नगरपालिका, नमोबुद्ध उद्योग वाणिज्य संघको टोलीले अनुगमन गरेको हो ।

उक्त होटलमा मुल्य सुची नराखी मनोमानी ढंगबाट पैसा लिएको उजुरीको आधारमा होटलमा अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अमर दिप सुनुवारले बताए । होटलमा खानेकुरा सँगै फोहोर राखिएको, खाना पकाउने स्थान सफा नभएको साथै उत्पादन मिति, कम्पनीको नाम केहि उल्लेख नभएको अन्दाजी १ किलोको २० प्याकेट बेसार जफद गरी नष्ट गरिएको उनले जानकारी दिए । उक्त होटललाई एक पटकको लागी सचेत गरी छाडिएको उनले बताए ।

अनुगमनमा सहायक प्रमुख जिल्ला अधिकारी अमर दिप सुनुवार, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यलय काभ्रेका केशव प्रसाद पुडासैनी, नारायण प्रसाद भट्टराई, नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशसकिय अधिकृत राजन पौडेल, नमोबुद्ध उद्योग वाणिज्य संघका अध्यक्ष बसु नारायण श्रेष्ठ, नगरपालिकाका सामाजिम विकास संयोजक स्याम खनाल लगायतका कर्मचारीहरुको उपस्थिति थियो ।

Facebook Comments Box