Monday, February 9, 2026
Date
सोम, माघ २७, २०८२
Mon, February 9, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

पूर्वाधारमा फड्को मार्दै महाभारत गाउँपालिका

RadioRoshi by RadioRoshi
आइतवार, अशोज ७, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह
0
पूर्वाधारमा फड्को मार्दै महाभारत गाउँपालिका
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

दोस्रो कोन्ज्योसोम कप फुल कन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न

दन्तमञ्जन र सौन्दर्य सामग्रीमा सिसाको मात्रा अत्याधिकः कडा नियमन गर्न चिकित्सक संघको माग

रोशीमा माघ २६ देखी २९ गतेसम्म एचपीभी खोप अभियान सञ्चालन हुँदै

रासस–नागरिकले प्रत्यक्षरुपमा अनुभूति गर्न पाउने गरी परिवर्तन हुन्छ भन्ने आशा सायद यहाँका अघिल्लो पुस्ताका नागरिकमा थिएन । तर संघीयतापछि काभ्रेपलाञ्चोकको विकट डाँडापारिस्थित महाभारत गाउँपालिकाका नागरिकलाई दैनिक हातमुख जोड्नका लागि पाखापखेरी खनीखोस्री गरेर उब्जाउ गरेको अन्नपात र बस्तुभाउ घरगोठ भरी राखेर नुन, तेल र मरमसला किन्नका लागि घटौँको बाटो हिँड्नुपर्ने बाध्यता विस्तार दूर हुँदै गएको छ ।
विगतमा यहाँका बासिन्दाको लागि उत्पादन गरेको कृषिजन्य वस्तुको विक्री तथा आङ छोप्न आवश्यक पर्ने लत्ताकपडा खरिद गर्न एक÷दुई दिनको पैदल यात्रापछि मात्रै मुख्य सहर र जिल्ला सदरमुकाम पुग्नुपर्ने बाध्यता थियो । अहिले स्थानीय तहको नेतृत्वमा युवा जनशक्तिले विकासको बागडोर सम्हालेपछि जिल्लाको विकट क्षेत्र डाँडापारिको महाभारत गाउँपालिकाको बल्ल मुहार फेर्दै गएको हो ।
यसअघि केही अन्तर्राष्ट्रिय दातृ निकायको सहयोगमा सामाजिक संस्थामार्फत शौचालय, पैदलयात्रीको लागि सिंढी निर्माण, खानेपानी धारा र झोलुङ्गे पुललगायतका एक टोलदेखि अर्को गाउँसम्म जाने सुविधा मात्रै उपभोग गर्दै आएका यहाँका नागरिकका लागि विद्युतीकरणमा केन्द्रीय प्रसारण लाइन र पक्की मोटरबाटोले गाउँदेखि शहरसम्म जोड्ने कार्यको थालनीसँगै नयाँ मुहार फेर्नुका साथै सुविधासमेत उपभोग गर्दै आएको स्थानीय बासिन्दा बताउँछन् ।
पछिल्लो समयमा भने सञ्चारको सहज पहुँचसँगै सडक सञ्जालको पहुँच, ‘एक घर, एक खानेपानीसहितको धारा र केन्द्रीय विद्युत् प्रसारण लाइनको विद्युतीकरण यहाँको नागरिकको लागि प्रत्यक्ष अनुभूति हुने विकासका आधारहरु भएको उनीहरुको भनाई छ ।
नेकपा (माओवादी केन्द्र) का महाभारत गाउँपालिका कमिटी इञ्चार्ज एवं स्थानीयवासी सुजन तामाङले संघीय संरचनामा गएपछिको पहिलो पाँच वर्ष र अहिलेको दोस्रो कार्यकालको सुरुआतसम्म आइपुग्दा डाँडापारिका नागरिकले प्रत्यक्ष अनुभूति हुने खालको विकास आयोजना महसुश हुने गरी उपभोग गर्न पाएको बताउनुभयो ।
“पहिला हामीले भूगोलले विकासलाई छेक्न सकिदैन, इच्छाशक्ति र त्यसको सही नेतृत्व पाउने अवस्थामा गाउँघरको मुहार फेर्न सकिने विचार र योजना जनतालाई सुनाएका थियौँ, अहिले त्यही अनुसारको काम गरेर परिणाम देखाइरहेका छौँ”, उँहाले भन्नुभयो । “त्यो हाम्रो सपना थियो, अहिले विपनामा परिणत गरेर नागरिकको जीवनस्तरमा परिवर्तन हुने खालको काममा सहयोग पुर्याइरहेका छौँ ।”
गाउँको विकास निर्माण र नागरिकको जीवनस्तरमा प्रत्यक्ष प्रभाव पार्ने आयोजना बल्ल सुरु भएको महाभारत गाउँपालिका–५ का पूर्ववडाध्यक्ष रविन मोक्तानले बताउनुभयो । ‘‘महाभारत, रोशी, खानीखोलालगायतका पालिका एवं जिल्लाकै लागि बहुप्रतिक्षित आयोजना निर्माणमा महाभारत गाउँपालिका अनि जिल्लास्थित कार्यालयको समन्वयमा जुट्दै अघि बढेको छ’’ उँहाले भन्नुभयो “अझ धेरै नयाँ विकाय आयोजनाका लागि सङ्घ, प्रदेश र स्थानीय सरकार यसरी नै आवश्यक सहयोग र समन्वय गरेर अगाडि बढ्न आवश्यक छ ।”
महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले जनतालाई प्रत्यक्ष अनुभूति हुने खालको योजना बोकेर अगाडि बढिरहेको बताउनुभयो । पछिल्लो समयमा दोस्रो चरणको पक्की सडकखण्ड निर्माणका लागि आवश्यक सहयोग र समन्वयमा खटिरहेको उँहाले बताउनुभयो । “हामी निरन्तर काममा नै लागिरहेको छौँ र लागिरहने पनि छौँ”, उनले भने, “मिसन २०८४ मात्रै होइन, बिपी राजमार्गदेखि मदन भण्डारी लोकमार्ग जोड्ने भूमिचुली–चारकिल्ला–देवीटार–घर्तिछाप–गोकुले–भोर्लेनी सडक (जनमुक्ति मार्ग) को निर्माण गर्नुछ ।”
उँहाका अनुसार महाभारत गाउँपालिकाको तीनखुट्टे–भूमिचुली–राजबास खण्डको १७ किमि सडकका लागि करिब रु ९८ करोड विनियोजन भएकामा रु ६० करोड ९७ लाखको हाराहारीमा सन्तोषी धर्म एस हरिहरि जेभीले आगामी २०८२ साल कात्तिकसम्ममा सम्पन्न गर्ने गरी सम्झौता भएर ढलान तथा कालोपत्रेसमेतको कार्यलाई छिटै निर्माण कार्य अगाडि बढाइने भएको छ ।
यसअघि पालिकाको तीनखुट्टे–देवीटार सडकखण्डको आठ किमिमध्ये केही भाग कालोपत्रे भइरहेको र बाँकी काम निरन्तर रहेको छ भने केन्द्रीय प्रसारण लाइनमार्फत विद्युतीकरणको लागि केही वडाहरुमा बत्ती बालिसकेको र बाँकी वडाहरुमा काम द्रूतगतिमा भइरहेको गाउँपालिकाले जनाएको छ । त्यस्तै पक्की सडक सञ्जालले नछोएको डाँडापारिका गर्भवती र सुत्केरीका बेलामा महिलालाई हुने जटिलतामा नयाँ जीवन दिनका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हेलिकप्टरबाट उद्धार गर्ने कार्य प्रशंसनीय बनेको छ ।
एक घर एक खानेपानी धाराअन्तर्गत ६ र ५ मा आयोजना सम्पन्न भइसकेको र वडा नं. १ र २ मा निर्माणाधीन अवस्थामा रहेको छ । नागरिकको आर्थिक विकासको लागि कृषि उत्पादनमा सहयोगअन्तर्गत आव २०७९÷८० मा मात्रै करिब एक लाख कफीको बिरुवा रोप्ने काम भएको गाउँपालिका अध्यक्ष जिम्बाले बताउनुभएको छ ।

Previous Post

शनिवार पनि कक्षा सञ्चालन गरेर आन्दोलनको क्षतिपूर्ति गर्ने शिक्षकहरूको प्रतिबद्धता

Next Post

नमोबुद्ध परिसरमा एकसाथ हजार पर्यटक

RadioRoshi

RadioRoshi

Related Posts

दोस्रो कोन्ज्योसोम कप फुल कन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न
Roshi Khabar E-Paper

दोस्रो कोन्ज्योसोम कप फुल कन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न

by RadioRoshi
आइतवार, माघ २६, २०८२
दन्तमञ्जन र सौन्दर्य सामग्रीमा सिसाको मात्रा अत्याधिकः कडा नियमन गर्न चिकित्सक संघको माग
Roshi Khabar E-Paper

दन्तमञ्जन र सौन्दर्य सामग्रीमा सिसाको मात्रा अत्याधिकः कडा नियमन गर्न चिकित्सक संघको माग

by RadioRoshi
शनिबार, माघ २५, २०८२
रोशीमा माघ २६ देखी २९ गतेसम्म एचपीभी खोप अभियान सञ्चालन हुँदै
Roshi Khabar E-Paper

रोशीमा माघ २६ देखी २९ गतेसम्म एचपीभी खोप अभियान सञ्चालन हुँदै

by RadioRoshi
शनिबार, माघ २५, २०८२
बैतडीमा जन्ती बस दुर्घटना हुँदा १३ जनाको मृत्युः ३६ जना घाइते
Roshi Khabar E-Paper

बैतडीमा जन्ती बस दुर्घटना हुँदा १३ जनाको मृत्युः ३६ जना घाइते

by RadioRoshi
शुक्रबार, माघ २४, २०८२
भकुण्डेबेसी जेसिजद्वारा रोशीका तीन विद्यालयमा न्यानो कपडा वितरण
Roshi Khabar E-Paper

भकुण्डेबेसी जेसिजद्वारा रोशीका तीन विद्यालयमा न्यानो कपडा वितरण

by RadioRoshi
सोमवार, माघ २०, २०८२
Next Post
नमोबुद्ध परिसरमा एकसाथ हजार पर्यटक

नमोबुद्ध परिसरमा एकसाथ हजार पर्यटक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

  • Samachar 8:00 am - 9:00 am

Up Coming Program

  • Samachar 8:00 am - 9:00 am

Recommended

नसर्ने रोग न्यूनिकरण गर्न नमोबुदमा स्वास्थ्यकर्मीलाई अभिमुखिकरण

नसर्ने रोग न्यूनिकरण गर्न नमोबुदमा स्वास्थ्यकर्मीलाई अभिमुखिकरण

बुधबार, चैत्र २०, २०८१

महिला विकास कार्यक्रमको सामाजिक परिक्षण

शुक्रबार, मंसिर २९, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

दोस्रो कोन्ज्योसोम कप फुल कन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न
Roshi Khabar E-Paper

दोस्रो कोन्ज्योसोम कप फुल कन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न

आइतवार, माघ २६, २०८२
दन्तमञ्जन र सौन्दर्य सामग्रीमा सिसाको मात्रा अत्याधिकः कडा नियमन गर्न चिकित्सक संघको माग
Roshi Khabar E-Paper

दन्तमञ्जन र सौन्दर्य सामग्रीमा सिसाको मात्रा अत्याधिकः कडा नियमन गर्न चिकित्सक संघको माग

शनिबार, माघ २५, २०८२
रोशीमा माघ २६ देखी २९ गतेसम्म एचपीभी खोप अभियान सञ्चालन हुँदै
Roshi Khabar E-Paper

रोशीमा माघ २६ देखी २९ गतेसम्म एचपीभी खोप अभियान सञ्चालन हुँदै

शनिबार, माघ २५, २०८२
बैतडीमा जन्ती बस दुर्घटना हुँदा १३ जनाको मृत्युः ३६ जना घाइते
Roshi Khabar E-Paper

बैतडीमा जन्ती बस दुर्घटना हुँदा १३ जनाको मृत्युः ३६ जना घाइते

शुक्रबार, माघ २४, २०८२
भकुण्डेबेसी जेसिजद्वारा रोशीका तीन विद्यालयमा न्यानो कपडा वितरण
Roshi Khabar E-Paper

भकुण्डेबेसी जेसिजद्वारा रोशीका तीन विद्यालयमा न्यानो कपडा वितरण

सोमवार, माघ २०, २०८२
रोशीका स्वास्थ्यकर्मीहरुलाई क्षमता अभिवृद्धि सम्बन्धी दुई दिने अभिमुखिकरण
Roshi Khabar E-Paper

रोशीका स्वास्थ्यकर्मीहरुलाई क्षमता अभिवृद्धि सम्बन्धी दुई दिने अभिमुखिकरण

शुक्रबार, माघ १७, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.