Monday, March 23, 2026
Date
मङ्ल, चैत्र १०, २०८२
Tue, March 24, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

फिनल्याण्डको टोली द्धारा नमोबुद्ध २ भागवतेमा पलाएको पानीको श्रोत (मुहान) अवलोकन

RadioRoshi by RadioRoshi
मङ्लबार, माघ १७, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय तह
0
फिनल्याण्डको टोली द्धारा नमोबुद्ध २ भागवतेमा पलाएको पानीको श्रोत (मुहान) अवलोकन
589
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

जमिनलाई रसिलो बनाइराख्न खनिएका ‘रिचार्ज पोखरी’ का कारण पलाएका पानीका श्रोत (मुहान) हेर्न फिन्डल्याण्डको परराष्ट्र मन्त्रालयको एक टोली नमोबुद्ध –२, भागवते आएको छ । नेपालका लागि फिनल्याण्डका राजदुत रिना रिका हेका, फिनल्याण्डको परराष्ट्र मन्त्रालयका दक्षिण एसिया युनिट निर्देशक फेको किल्युनेन लगायत २४ सदस्यीय टोलीले इसिमोड र सिप्रेडको सहयोगमा नमोबुद्ध नगरपालिकाले सञ्चालन गरेको मुहान संरक्षण कार्यक्रम अवलोकन गरेको हो ।
पानीका मुहान सुक्दै गएपछि नमोबुद्ध नगरपालिकाले सो क्षेत्रका विभिन्न १३ स्थानमा पोखरी खनेको थियो । आ.व २०७८÷७९ को भदौ–असोजमा खनिएका पोखरीका कारण जमिन रसाएर मुल फुटेका थिए । सोही मुहानहरुबाट पानी संकलन गरी टंयाकी निर्माण गरेर स्थानीय १२–१३ घरधुरीलाई खानेपानी खुवाइएको नगर प्रमुख कुनसाङ लामाले जानकारी दिनुभयो । टंयाकीमा संकलन भएर बढी भएको पानी स्थानीयले सिंचाईको लागि प्रयोग समेत गरेका छन् । हिउँदमा भने पानी केही कम संकलन भएको नमोबुद्ध नगरपालिकाका वातावरण अधिकृत सन्तोष काफ्लेले जानकारी दिनुभयो । उँहाको अनुसार, सोही वडाका अन्य ३ स्थानमा पनि यस्ता रिचार्ज पोखरी खनिएका छन् ।

You might also like

रोशी गाउँपालिकाद्वारा सि.वि.आर कार्यक्रम संचालनका लागि प्रस्ताव आह्वान

पार्टीभित्रकै अन्तर्घातले २१ निर्वाचन क्षेत्रमा पराजय भोगेको कांग्रेसको निष्कर्ष

सुनको भाउ आज एकैदिन १२ हजार ५०० रुपैयाँले घट्यो

राजदुत हेका, निर्देशक किल्युनेन लगायत टोलीका सदस्यले कार्यक्रम लागूभएपनि स्थानीय समुदाय लाभान्वित भएको बिषय बारे जानकारी लिएका थिए । स्थनीय अस्बिनकुमार श्रेष्ठले भुकम्पपछि सुकेका पानीका श्रोत रिचार्ज पोखरी खनेपछि पुन रसाएको प्रतिकृया दिनुभएको छ । स्थानीय पूर्णमान लामाले सो प्रविधी प्रयोग गरेपछि सुकेको मुहान पनि रसाएको बताउनुभएको छ, त्यस्तै स्थानीय लमिन माया लामाले पहिला आकाशे पानीको भरमा खेती हुने भएपनि अहिले पानी जमाएर तरकारी खेती र पशुपालन समेत गरेको बताउनुभयो ।
टोलीलाई धन्यवाद दिँदै नगर प्रमुख कुनसाङ लामाले सिमित श्रोत र साधनको कारण विकासका सबै क्षेत्रमा नगरले काम गर्न सक्ने अवस्था नभएको भन्दै सबै क्षेत्रको सहयोग र सहकार्यका साथ अघि बढ्न चाहेको बताउनुभएको छ । त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्सालले यस्ता कार्यक्रमले वातावरण सन्तुलन कायम गर्दै उत्पादन र उत्पादकत्व बढाउन फलदायी भएको भन्दै नगरपालिका यस्ता योजना सञ्चालन गर्न थप उत्साहित भएको बताउनुभयो ।
कार्यक्रममा नगर प्रवक्ता टिकाबहादुर केसी, नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष रामेश्वर अधिकारी, नमोबुद्ध ३ का वडा सदस्य रेशमबहादुर दाहाल, कृषि प्राविधिक सहायक नविन अधिकारी लगायतको उपस्थिती थियो ।

Previous Post

भारतीय गोलभेँडा नेपाली बजारमा भित्रिँदा किसान समस्यामा

Next Post

डम्फू जिवन्त संग्रालय आसपासको घरटहरा हटाउन रोशी गाउँपालिकाको सूचना

RadioRoshi

RadioRoshi

Related Posts

रोशी गाउँपालिकाद्वारा सि.वि.आर कार्यक्रम संचालनका लागि प्रस्ताव आह्वान
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाद्वारा सि.वि.आर कार्यक्रम संचालनका लागि प्रस्ताव आह्वान

by RadioRoshi
आइतवार, चैत्र ८, २०८२
पार्टीभित्रकै अन्तर्घातले २१ निर्वाचन क्षेत्रमा पराजय भोगेको कांग्रेसको निष्कर्ष
Roshi Khabar E-Paper

पार्टीभित्रकै अन्तर्घातले २१ निर्वाचन क्षेत्रमा पराजय भोगेको कांग्रेसको निष्कर्ष

by RadioRoshi
आइतवार, चैत्र ८, २०८२
सुनको भाउ आज एकैदिन १२ हजार ५०० रुपैयाँले घट्यो
Roshi Khabar E-Paper

सुनको भाउ आज एकैदिन १२ हजार ५०० रुपैयाँले घट्यो

by RadioRoshi
आइतवार, चैत्र ८, २०८२
ललितपुरमा इँटाभट्टाको पर्खाल भत्किँदा एकको मृत्यु, चार जना घाइते
Roshi Khabar E-Paper

ललितपुरमा इँटाभट्टाको पर्खाल भत्किँदा एकको मृत्यु, चार जना घाइते

by RadioRoshi
आइतवार, चैत्र ८, २०८२
देशका विभिन्न ठाउँमा परेको वर्षाले प्रदूषण घट्योः किसानलाई पनि राहत
Roshi Khabar E-Paper

देशका विभिन्न ठाउँमा परेको वर्षाले प्रदूषण घट्योः किसानलाई पनि राहत

by RadioRoshi
आइतवार, चैत्र ८, २०८२
Next Post
अपराधिक गतिविधि रोकथाम गर्न रोशी गाउँपालिकाको प्रयास

डम्फू जिवन्त संग्रालय आसपासको घरटहरा हटाउन रोशी गाउँपालिकाको सूचना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

मन्त्री लामाको पहलमा बीपी राजमार्ग देखि हेटौडा जोड्ने सडक कालोपत्रे हुँदै

मन्त्री लामाको पहलमा बीपी राजमार्ग देखि हेटौडा जोड्ने सडक कालोपत्रे हुँदै

बिहिबार, साउन ३२, २०८०
वि.पी.को प्रतिमा अनावरण गर्न पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा शनिबार काभ्रे आउने

वि.पी.को प्रतिमा अनावरण गर्न पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा शनिबार काभ्रे आउने

बुधबार, अशोज २, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशी गाउँपालिकाद्वारा सि.वि.आर कार्यक्रम संचालनका लागि प्रस्ताव आह्वान
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाद्वारा सि.वि.आर कार्यक्रम संचालनका लागि प्रस्ताव आह्वान

आइतवार, चैत्र ८, २०८२
पार्टीभित्रकै अन्तर्घातले २१ निर्वाचन क्षेत्रमा पराजय भोगेको कांग्रेसको निष्कर्ष
Roshi Khabar E-Paper

पार्टीभित्रकै अन्तर्घातले २१ निर्वाचन क्षेत्रमा पराजय भोगेको कांग्रेसको निष्कर्ष

आइतवार, चैत्र ८, २०८२
सुनको भाउ आज एकैदिन १२ हजार ५०० रुपैयाँले घट्यो
Roshi Khabar E-Paper

सुनको भाउ आज एकैदिन १२ हजार ५०० रुपैयाँले घट्यो

आइतवार, चैत्र ८, २०८२
ललितपुरमा इँटाभट्टाको पर्खाल भत्किँदा एकको मृत्यु, चार जना घाइते
Roshi Khabar E-Paper

ललितपुरमा इँटाभट्टाको पर्खाल भत्किँदा एकको मृत्यु, चार जना घाइते

आइतवार, चैत्र ८, २०८२
इन्धन बोकेका जहाजमाथि भएका आक्रमणप्रति यूएई सहित २२ देशको निन्दा
विश्व

इन्धन बोकेका जहाजमाथि भएका आक्रमणप्रति यूएई सहित २२ देशको निन्दा

आइतवार, चैत्र ८, २०८२
देशका विभिन्न ठाउँमा परेको वर्षाले प्रदूषण घट्योः किसानलाई पनि राहत
Roshi Khabar E-Paper

देशका विभिन्न ठाउँमा परेको वर्षाले प्रदूषण घट्योः किसानलाई पनि राहत

आइतवार, चैत्र ८, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.