काभ्रे,
नमोेबुद्ध नगरपालिका वडा नं १ कोे वडा कार्यालय भवनको शिलान्यास गरीएको छ । आज लामा गुरुबाट पुजापाठ सम्पन्न गरि नगरप्रमुख कुन्साङ लामाले वडा कार्यालय भवनको शिलान्यास गर्नुभएको हो । नगरको अन्य सम्पुर्ण वडाको पक्कि भवन भएपनि १ नं वडाको भने पक्कि भवन निर्माण भएको थिएन । बिगतका दिनहरुमा जस्ताको ट्रस्टबाट सेवा दिदै आएकोमा अब भने पक्कि वडा कार्यालय भवन बन्ने भएको हो । करिव ९६ लाखमा निर्माण कम्पनी हिमालयन क्रस रोड प्रा लि सँग ४ महिनाभित्र निर्माण सम्पन्न गर्नेगरि सम्झौता भएको छ । शिलान्यास कार्यक्रममा नगर उपप्रमुख रत्न लामा,भिभिन्न वडाका वडा अध्यक्षहरु, सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।