काभ्रे,
आज देशका अधिकांश स्थानमा पानी पर्ने मौसमविद्ले बताएका छन् । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली भइ कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका हन् ।
यस्तै राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने मौसमविद्ले पूर्वानुमान गरेका छन् । मनसुन सक्रिय भएकाले पर्सि रातिसम्म नै देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा हुँदा एकदुई ठाउँमा भने भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।