काभ्रे,
सुनको भाउ आज एकैदिन १२ हजार ५०० रुपैयाँले घटेको छ । आज आइतवार सुन १२ हजार ५०० ले घटेर तोलाको २ लाख ८२ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ आज ३५५ रुपैयाँले घटेको हो । आज चाँदीको भाउ तोलाको ४ हजार ५४० रुपैयाँ रहेको महासङ्घले जनाएको छ ।














