रोशी सहकर्मी–माघ ४,
२०७६, काभ्रे/

तेमाल गाँउपालिका वडा नं ६ ठुलो पर्सेल स्वास्थ्य चौकीमा ३ दिने आँखा शिविर संचालन हुने भएको छ । तेमाल गाँउपालिका वडा नं ६ को आयोजनामा मुटु फाउण्डेशन र मनोज एशोसिएसन फ्रान्सको प्रायोजनमा तथा नेपाल आँखा अस्पताल, त्रिपुरेश्वर काठमाण्डौको प्रविधिक सहयोगमा यस शिविर संचालन हुन लागेको हो ।
यहि माघ १४, १५ र १६ गते ठुलो पर्सेल स्वास्थ्य चौकिमा हुने शिविरमा निःशुल्क आँखा जाँच तथा मोति विन्दु रोगको शल्यकृया हुने वडा अध्यक्ष विकुलाल तामाङले जानकारी दिएका छन् । “सबै मानिसहरु आर्थिक अवस्था बलियो भएका हुँदैनन्, त्यसैले वडा वासीलाई स्वस्थ आँखा दिलाउन शिविर संचालन गर्न लागेका हौँ ।” उनले आँखाका बिरामीहरुलाई मौकाको फाईदा उठाउन अपिल पनि गरेका छन् ।

Facebook Comments