रोशी सहकर्मी–माघ ७,
२०७६,नमोबुद्ध/

साँस्कृतिक विविधता हाम्रो पहिचान, यसको प्रर्वधन र संरक्षण हाम्रो अभियान भन्ने मुल नाराका साथ नमोबुद्ध नगरपालिका वडा नं ७ को आयोजनामा ल्होछार कार्यक्रम हुने भएको छ । भिजिट नेपाल २०२० सफल पार्न तथा पर्यटन प्रवद्धनमा सहयोग पुर्याउने उद्धेश्यका साथ सोनाम ल्होछार मुल आयोजक समिति गठन गरि नमोबुद्ध नगरपालिका वडा नं ७ को सहयोगमा यस कार्यक्रम हुन लागेको वडा अध्यक्ष धर्म लामाले जानकारी दिएका छन् । यही माघ १६ गते भकुण्डेको लामा जक्सनमा हुने सो कार्यक्रमका प्रमुख अतिथि संघिय प्रतिनिधि सभा सांसद गंगा बहादुर दोङ, काभ्रेका प्रदेश सभा सांसदहरु साथै विशिष्ठ व्यक्तित्वहरुको उपस्थिति रहने समितिले जनाएको छ । साथै खतिप्राप्त कलाकारहरुको बेजोड प्रस्तुति रहेको आयोजक समितिले जनाएको छ ।

Facebook Comments