काभ्रे,
रोशी गाउँपालिकामा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम प्रदान गरिएको छ। गाउँपालिकाको रोजगार सेवा केन्द्रको आयोजनामा उद्यमशीलता प्रवद्र्धन कार्यक्रम अन्तर्गत यहि जेठ १८ गतेदेखि २१ गतेसम्म वैदेशिक रोजगारीबाट फर्केका १८ जना युवालाई सीपमूलक प्रशिक्षण दिइएको हो । रोशी गाउँपालिकाकी उद्यम विकास संयोजक मनिषा मोक्तानका अनुसार प्रशिक्षक राजन श्रेष्ठले चारदिने तालिम सञ्चालन गरेका थिए।
गाउँपालिकाले वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूलाई स्वदेशमै स्वरोजगार र उद्यमशीलतामा आबद्ध गराउने उद्देश्यले यस्ता सीपमूलक तालिम सञ्चालन गर्दै आएको जनाएको छ। तालिमबाट सहभागी युवाहरूले कृषि औजार मर्मतसम्बन्धी व्यावहारिक ज्ञान र सीप हासिल गरेको छ। तालिममा सिकेको ज्ञान र सिपलाई व्यवहारमा लागु गरेर स्वदेशमै रोजगार हासिल गरि आर्थिक उपार्जन गर्ने गाउँपालिकाले विश्वास लिएको छ ।









