काभ्रे,
सिम्रिक एयरको हेलिकप्टर धुलिखेलमा आकस्मिक अवतरण गर्नु परेको छ । आज बिहान काठमाडौंबाट लुक्ला उडेको सिम्रिक एयरको नाइनएन एकेडी हेलिकप्टर धुलिखेलमा अवतरण गरिएको हो । इण्डिकेटरमा ढोका नलागेको पाईएपछि सिम्रिक एयरको हेलिकप्टर धुलिखेलमा आकस्मिक अवतरण गर्नु परेको बताईएको छ ।
विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार इण्डिकेटरले संकेत गरेपछि सुरक्षाका दृष्टिकोणबाट सुरक्षित अवतरण गराएर जाँच गर्नुपर्दछ । त्यसैकारण जाँच गर्ने सिलसिलामा सिम्रिकको जहाज धुलिखेलमा रोक्नु परेको थियो । ढोका सही तरिकाले लगाएपछि हेलिकप्टर पुनः लुक्ला उडेको छ ।