माघ २६,
२०७७,काभ्रे/

जिल्लाको खानीखोला गाउँपालिका वडा नं. २ स्थित फलामेटारमा २८५७ सोनाम ल्होछारको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली कांग्रेस खानीखोला गाउँ कार्यसमिति फलामेटारले यस बर्ष ल्होसारको उपलक्ष्यमा हिजो माघ २५ गते खानीखोला गाउँपालिमा शुभकामना आदानप्रदान तथा बृहत सास्कृतिक कार्यक्रम आयोजना गरेको थियो ।

ल्होसार बिशेष शुभकामना आदानप्रदान तथा बृहत सास्कृतिक कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका नेता काभ्रे जिल्ला सभापति मधु आचार्य, विशिष्ट अतिथि नेपाली कांग्रेसका नेता एबम् पूर्ब सभापति तिर्थ पसखल, युवा नेता नेपाली कांग्रेस महासमिति सदस्य एबम् प्रेदेश सभा १ ‘ख ‘ का उम्मेदवार गणेश लामा को उपस्थित रहेको थियो ।

त्यस्तै कार्यक्रममा अतिथि नेपाली कांग्रेसका नेता एबम् काभ्रे जिल्ला सदस्य महेन्द्र थिङ नेपाली कांग्रेसका नेता क्षेत्र वाईवा, विद्यासागर लामा, वडा अध्यक्ष क्षेत्र मान ग्याबा लगाएत अन्य नेता तथा कार्यकर्ता हरुको समेत उपस्थित रहेको थियो ।

कार्यक्रममा उपस्थित विशिष्ट अतिथि, प्रमुख अतिथि,अतिथि लगाएतले आ–आफ्नो मन्तब्य राख्दै एक आपसमा ल्होसारको शुभकामना आदानप्रदान गरेका थिए ।

त्यस्तै कार्यक्रममा राष्ट्रिय हास्यकलाकार यादव देवकोटा ९सरापे०, खलनायक विकु थोकर, गायक विशाल थिङ, सेलो गायक एम। डि। लामा, मोडेल शान्ति ब्लान, गायक मदन विष्ट, हास्य कलाकारहरु राजेश तिमिल्सिना, भगवान खत्री लगायतका कलाकारहरुको दमदार प्रस्तुतिले दर्शकलाई थप मनोरञ्जन समेत प्रदान गरेको थियो ।

त्यस्तै उक्त कार्यक्रममा हिजो सयौंको संख्यामा विभिन्न पार्टी परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

नव प्रवेशिहरुलाई प्रमुख अतिथि मधु आचार्य, तिर्थ पसखला, गणेश लामा लगायतका अतिथिहरुले खादा र टीका लगाएर स्वागत गरेका छन् ।

ल्होछारको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रम सोनम गोलेको सभापतित्वमा सम्पन्न भएको बताईएको छ ।

Facebook Comments Box