काभ्रे,
काभ्रे जिल्लाको नमोबुद्ध–७ भकुण्डेवेशीमा रहेको मेथिनकोट अस्पतालमा एक्सरे सेवा कम्तीमा १० दिनसम्म बन्द हुने भएको छ । अस्पतालले आज एक सूचना मार्फत विद्यूत प्रसारण भोल्टेजमा आएको गडबढिका कारण एक्सरे मेसिनको ट्रासफर्मर र कनट्याक्टर बिग्रीएको कारण एक्सरे सेवा हालको लागि अवरुद्ध भएको जनाएको छ ।
हाल बायोमेडिकल टेक्निसियनद्धारा मेसिनको मर्मत कार्य भइरहेको छ । मर्मत गर्न कम्तीमा १० दिनसम्म लाग्न सक्ने सूचना उल्लेख गरीएको छ ।
सूचनाः