Friday, July 17, 2026
Date
शनि, साउन २, २०८३
Sat, July 18, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध

RadioRoshi by RadioRoshi
बुधबार, जेष्ठ २७, २०८३
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह
0
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,रेडियो रोशी,

काभ्रे जिल्लाको रोशी गाउँपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने वीपी राजमार्ग स्तरोन्नतिको काम गरिरहेका निर्माण कम्पनीहरूलाई प्रयोग भएको निर्माण सामग्रीहरुको तत्काल राजस्व बुझाउन ताकेता गरेको छ। गाउँपालिका क्षेत्रभित्रकै ढुङ्गा, गिट्टी, बालुवा प्रयोग गरिरहेको भए तापनि हालसम्म कुनै राजस्व दाखिला नगरेको भन्दै गाउँपालिकाले निर्माण कार्यमा संलग्न तीनवटा निर्माण कम्पनीहरूलाई पत्र काट्दै राजस्व बुझाउन निर्देशन दिएको हो।

You might also like

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टंक बहादुर नेगीद्वारा हस्ताक्षरित जारी पत्रअनुसार श्री लामा÷नवकान्तिपुर जे.भी. (महाराजगंज, काठमाडौं), श्री खानी÷ए.वान÷कमलजीत जे.भी. (तिनकुने, काठमाडौं) र श्री उमा एण्ड कम्पनी÷भण्डारी÷अमरज्योती जे.भी. (गठ्ठाघर, भक्तपुर) लाई राजस्व दाखिला गर्न भनिएको छ। मिति २०८३ जेठ २५ गते बसेको गाउँ कार्यपालिकाको ५१ औं बैठकको निर्णय बमोजिम गाउँपालिकाले यो कदम चालेको हो।

ढुङ्गा, गिट्टी, बालुवा उत्खनन् बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ को दफा १२ को उपदफा (७) बमोजिम सडक निर्माण वा विस्तारको क्रममा सडक अधिकार क्षेत्र भित्रबाट निस्कने यस्ता निर्माण सामग्री सम्बन्धित आयोजनाले उपयोग गर्दा त्यसको परिमाणका आधारमा लाग्ने बिक्री मूल्य बापतको रकम स्थानीय तहलाई बुझाउनुपर्ने कानुनी व्यवस्था छ।

त्यस्तै, सोही मापदण्डको दफा ४ बमोजिम स्वीकृत वातावरणीय अध्ययन प्रतिवेदनमा आयोजनालाई चाहिने सामग्रीको परिमाण र उत्खनन् स्थल स्पष्ट खुलाउनुपर्ने व्यवस्था छ। तर, ती कम्पनिहरुले सडक अधिकार क्षेत्रभित्रकै ढुङ्गा प्रयोग गरिरहेको देखिए पनि हालसम्म स्थानीय सरकारलाई कुनै राजस्व नबुझाएको पाईएको छ ।

समयमै राजस्व दाखिला नगरेमा आवश्यक कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइने चेतावनी समेत गाउँपालिकाले दिएको छ। उक्त पत्रको बोधार्थ राष्ट्रिय समन्वय परिषदको सचिवालय, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक, सडक डिभिजन भक्तपुर र इलाका प्रहरी कार्यालय मंगलटारलाई समेत दिइएको छ।

Previous Post

रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम

Next Post

नमोबुद्ध-२ सेल्फीडाँडामा भएको सबारी दुर्घटनामा ८ जनाको मृत्यु, घाइते १६ जनाको उपचार जारी

RadioRoshi

RadioRoshi

Related Posts

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

by RadioRoshi
मङ्लबार, असार ३०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

by RadioRoshi
बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

by RadioRoshi
मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Next Post

नमोबुद्ध-२ सेल्फीडाँडामा भएको सबारी दुर्घटनामा ८ जनाको मृत्यु, घाइते १६ जनाको उपचार जारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

ने.क.पा. माओवादी केन्द्र रोशी ७ द्धारा शुभकामना आदानप्रदान

ने.क.पा. माओवादी केन्द्र रोशी ७ द्धारा शुभकामना आदानप्रदान

शुक्रबार, अशोज १४, २०७९
खल्तीको मान्छेलाई राष्ट्रपति बनाउन हुँदैनः गगन थापा

खल्तीको मान्छेलाई राष्ट्रपति बनाउन हुँदैनः गगन थापा

शनिबार, माघ २१, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

मङ्लबार, असार ३०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.