रोशी सहकर्मी–माघ १६,
२०७६, पनौती/

मिडल्याण्ड अग्रेजी माध्यमिक बिद्यालय तथा काभे्र जिल्ला प्याव्सन उपाध्यक्ष महेन्द्र थिङ र उहाँकी धर्मपत्नि माया थिङले आफ्नो कान्छो छोरा मनितको जन्म दिन अनाथालयमा पुगेर मनाउनुभएको छ ।
अन्य बर्ष केक काटेर, छरछिमेकीलाई बोलाएर छोराको जन्म दिन मनाउँदैै आएको थिङ परिवारले छोरा जन्मेको सातौ जन्म दिन भने पनौती नगरपालिका वडा न ८ मा रहेको दलित उत्पीडित कल्याण संघ द्धारा संञ्चालित अनाथालयमा मनाउनुभयो ।
आमा, बुबा नभएका १३ बालबालिका त्यस अनाथालयमा बस्दै आएको दलित उत्पीडित कल्याण संघ अध्यक्ष शंकर परियारले जानकारी दिनुभयो । सात बर्ष अगाडि पनौतीको भण्डारी गाउँमा सञ्चालित उक्त अनाथलय दुई बर्ष अगाडि पनौती नगरपालिका वडा न ८ खरिबोटबाट सञ्चालन हुँदै आएको छ ।

परियारले बालबालिका पाल्न समस्या भएको बताउनुभयो । भाडाको घरमा सञ्चालनमा रहेको उक्त संघले ११ महिनाका देखीको भाडा तिर्न नसकेको परियारले बताउनुभयो । मासिक ३० हजार भाडा रहेको उहाँले बताउनभयो । भण्डारी गाउँमा रहँदा एक विदेशीले सहयोग गर्दै आएको भएपनि अहिले कतैबाट पनि सहयोग नपाएपछि सञ्चालनमा समस्या आएको परियारले गुनासो गर्नुभयो ।
उक्त दम्पतीले चामल, नुन, तेल, मरमसला लगायतका सामग्री हस्तान्तरण गरेको थियो । काभ्रे प्याव्सनका उपाध्यक्ष समेत रहनुभएका महेन्द्र थिङले रोशी गाउँपालिका अध्यक्ष डीबी लामाको प्रेरणाबाट आफूले जन्मदिनमा अनाथ बाललिकालाई सहयोग गर्न आएको बताउनुभयो । अध्यक्ष लामाले आफ्नो जन्म दिन सोही अनाथलयका बालबालिकालाई खाद्यन्न लगायतका सामग्री दिएर मनाउनुभएको थियो ।

उक्त कार्यक्रममा पुग्नुभएका प्याव्सनका केन्द्रीय सदस्य सत्यनाराण श्रेष्ठ, जिल्ला अध्यक्ष पूर्णकुमार श्रेष्ठ, जिल्ला सदस्य दिपेन्द्र विष्टले थिङ दम्पतीले गर्नुभएको कामको प्रशंसा गर्दै अन्यले पनि सिक्न जरुरी रहेको बताउनुभयो ।

Facebook Comments