रोशी सहकर्मी–माघ २४,
२०७६–काभ्रे/

नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाको भोली हुने भनिएको चुनाव स्थगित भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शाखाका सभापति रघुवर चौप्रधान सहितका पदाधिकारी सदस्यहरुले अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुनै पनि गतिविधि नगर्न नगराउन निर्देशन दिएको हो । भोली हुने भनिएको निर्वाचन स्थगित गर्न भन्दै जिल्ला प्रशासन कार्यालय धुलिखेलले शाखाको नाममा लेखेको एक गोप्य पत्र पनि सार्वजनिक भएको छ ।
पत्रमा “शाखाका सभापति रघुवर चौप्रधान सहितका पदाधिकारी सदस्यहरुले अनियमितता गरेको हुँदा कारबाहि गरी पाँउ भनि अख्तिियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गाल, काठमाण्डौंमा परेको उजुरीका सम्बन्धमा आवश्यक कारवाहि गर्नुहुन भनी उक्त आयोगको प.सं. ५/महिला/६१/०७६/७७, च.नं. १४९९७ मिति २०७६/१०/२१ को पत्रबाट लेखि आएको हुँदा अर्को आदेश नआएसम्मका लागि त्यहाँको मिति २०७६/१०/२५ गते हुने भनिएको निर्वाचन कार्यक्रम स्थगित गर्नुहुन अनुरोध छ” भनिएको छ ।

निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाई (खतिवडा) द्धारा हस्ताक्षरीत उत्त पत्र अख्तियार, गृह मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय हेटौडालाई समेत बोधार्थ पठाइएको छ ।

Facebook Comments