रोशी सहकर्मी–माघ २६,
२०७६,तेमाल/

जिल्लाको तेमाल गाँउपालिकाको सिमानामा निर्माण गरिएको प्रवेशद्धारको आज उद्धघाटन भको छ । काभ्रेपलाञ्चोकको नमोबुद्ध कोटतिमाल कालिमाटी हुदै तेमाल गाउँपालिका क्षेत्र प्रवेश गर्ने मुख्य प्रवेशमार्गमा कलात्मक र पक्की गेटको निर्माण सम्पन्न भए सँगै आज एक कार्यक्रमका बिच तेमाल गाउँपालिकाका अध्यक्ष सलाम सिं तामाङले उद्धघाटन गरेका हुन् ।
कार्यक्रममा बोल्दै गाँउपालिका अध्यक्ष सलाम सिं तामाङले तेमालको यथार्थ चित्रण गरिएको यस गेटले तेमाललाई चिनाउने विश्वास व्यक्त गरे । तेमालको शान, गौरव, ईतिहास र सांस्कृतिक भावना अनुरुप निर्माण गरिको यस कलात्मक गेट जिल्लाकै नमुना भएको बताए ।
तेमाल गाँउपालिका वडा नं ५ मा अवस्थित यस द्धारमा तेमाल भित्र रहेको ईतिहास, शान, गौरव र साँस्कृतिक भावनालाई यथार्थ चित्रण गरिएको वडा नम्बर १ का वडाध्यक्ष मान वहादुर श्रेष्ठले बताए ।
यस द्धार पार गरे सँगै तेमाल गाँउपालिका प्रवेश भएको आभाष दिलाउन पालिका स्तरमा गत आर्थिक वर्ष रु १० लाख र चालु आर्थिक वर्षमा विनियोजित रु ५ लाख गरी रु १५ लाख बजेटमा गेट (स्वागतद्धार) निर्माण भएको गाँउपालिकाका प्रवत्ता एवं वडा नं ७ का वडा अध्यक्ष ज्ञान बहादुर तामाङले जानकारी दिए । पाँचखाल बोहोरदोभान हुदै प्रवेश गर्ने पश्चिम क्षेत्र र रोशी क्षेत्रहुदै प्रवेश गर्ने दक्षिण क्षेत्रमा पनि यस्तै प्रकृतिको गेट चालु आर्थिक वर्ष भित्र बनाईने प्रवक्ता ज्ञान बहादुर लामाले बताए ।
प्रवेश द्धारको लामा गुरुहरुद्धारा पुजा आरधनाका साथ उद्धघाटन गरिएको थियो । कार्यक्रममा गाँउपालिका उपाध्यक्ष दुर्गा माया तामाङ, प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण कुँईकेल, जनप्रतिनिधिहरु, पालिकाका कर्मचारी, लामा गुरुहरु साथै स्थानीय वासीन्दाहरुको सहभागिता रहेको थियो ।

Facebook Comments