रोशी सहकर्मी, असोज १७
विभिन्न पेशा ब्यवसायी गरी शहरमा बस्दै आएकाहरु यतिवेला दशैंको लागि गाउँमा फर्कने क्रम जारी छ । चाडपर्वका वेलामा घरमा आमाबुबा र आफन्तहरुसंग भेटघाटको लागि समेत उपयुक्त समय मानिएकाहरु जसरी भएपनि गाउँ जाने गरेकाले भिड लागेको छ ।
त्यसैक्रममा जिल्लाको विकट डाँडापारिका बासिन्दाहरु साना गाडीमा जोखिम मोलेर गाउ फर्किरहेका छन् । विशेष गरी सडक सञ्जालसँग भर्खरै जोडिएका महाभारत र खानीखोला गाउँपालिकाका बासिन्दाहरु कच्ची बाटोमा जोखिमपूर्ण तरिकाले घर फर्किरहेका छन् ।
वर्षाका कारण अझै पनि ग्रामीण सडकहरु राम्रोसँग नखुलेपछि साना गाडीहरुले खाद्यान्न र मानिसहरुलाई राखेर ओभर लोड गरी गन्तव्यमा पु¥याउनुपर्ने बाध्यता छ ।

Facebook Comments