रोशी सहकर्मी–माघ २७,
२०७६,धुलिखेल/

धुलिखेल नगर स्तरीय अन्तर बिद्यालय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । माघ २४ देखी सुरु भएको प्रतियोगिता आज सम्पन्न भएको हो । ११ बिद्यालय सहभागि उक्त प्रतियोगितामा ९ बिद्यालयले स्वर्ण र रजत जितेका छन । धुलिखेल आवसीय माध्यमिक बिद्यालयले नौ स्वर्ण र पाँच रजत जित्दै उपाधी हात पारेको छ । त्यस्तै पूर्ण सञ्जीवनी लङ्खनामाई माध्यमिक बिद्यालयले चार स्वर्ण र चार रजत जितेको थियो ।
उक्त खेलमा भलिबलको छात्र र छात्रामा सञ्जीवनी नमुना माध्यमिक बिद्यालय प्रथम स्थान हासिल गरेको थियो । त्यस्तै एथलेटिक्समा धुलिखेल आवासिय माध्यमिक बिद्यालय प्रथम भएको थियो ।

खेलमा सञ्जवनी नमुना माविले तीन स्वर्ण पाँच रजत, सरस्वती माविले तीन स्वर्ण तीन रजत, सेतीदेवी माविले तीन स्वर्ण, दुई रजत, डिभाइन लाइट माविले दुई स्वर्ण, पाँच रजत, नमोबुद्ध माविले एक स्वर्ण एक रजत र हनुमान माविले एक स्वर्ण जितेको थियो । त्यस्तै इम्यानुयल इङ्गलिस बोर्डिङ स्कुलले एक रजत जित हात पारेको थियो ।
उक्त प्रतियोगितामा प्रथम हुनेलाई धुलिखेल नगरपालिका उपप्रमुख बिमला शर्माले ट्रफी, शिल्ड वितरण गर्नुभएको थियो ।

Facebook Comments