रोशी सहकर्मी–माघ २९,
२०७६,पनौती/

पनौती नगरपालिका वडा न ७ का वडा सदस्य पुरुषोतम कर्मचार्यले सुत्केरी महिलालाई नगद दिनुभएको छ । आज बिहान पनौती नगरपालिका वडा न ७ बर्थिङ सेन्टर सुत्केरी हुनुभएको खानीखोला वडा न ७ की सुस्मिता रुम्वालाई पाँच हजार ५५५ रुपियाँ र दुई लिटर तोरीको तेल उपहार दिनुभएको थियो ।
शहरका बर्थिङ सेन्टरमा गर्भ जाँच र सुत्केरीका लागि नआउने भएपछि उहाँले आकर्षित गराउन उक्त योजना ल्याउनुभएको हो । मसिंर ३० गते बर्थिङ सेन्टर सञ्चालनमा आएपनि निकै कम मात्र जाँचका लागि बर्थिङ सेन्टर पुग्ने गरेका छन । कर्मचार्यले दोस्रो र तेस्रो पटक बर्थिङ सेन्टरमा सुत्केरी हुन आएमा नगद ५ हजार ५५५ रुपियाँ दिने उदघोष गर्नुभयो ।
सुत्केरीलाई कर्मचार्यद्धारा दिइएको प्रोत्साहन रकम दिन नगरप्रमुख भीम न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चापाँगाई, वडा न ७ का वडा अध्यक्ष रामचन्द्र नास्नानी, बरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारी, पनौती नगर स्वास्थ्य शाखा प्रमुख पुरुषोतम तिमल्सिना लगायत पुग्नुभएको थियो । सोही क्रममा नगरप्रमुख न्यौपानेले नगरले बर्थिङ सेन्टरमा सुत्केरी गराएमा दिने नगद एक हजार र नेपाल सरकारले दिदै आएको सुरक्षित सुत्केरी बापतको यातायात खर्चृ दुई हजार र चार पटक चेकजाँच गर्दा दिदैँ आएको आठ सय रुपियाँ समेत दिनुभएको थियो ।

Facebook Comments