काभ्रे,
नेपाली टिमुरको माग अमेरिका र युरोपलगायतका देशमा अत्याधिक रहेको छ । नेपाली टिमुरको माग विदेशमा उच्च भए पनि व्यावसायिक उत्पादन हुन सकेको छैन । नेपाली बजारमा यसको मूल्य प्रतिकिलो ९ सय रहेको छ भने अन्तर्राष्ट्रिय बजारमा पुग्दा प्रतिकिलो चौध सयसम्म रहेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार अमेरिकामा मात्रै गत आर्थिक वर्षमा एक लाख ८० हजार किलो नेपाली टिमुर निर्यात भएको छ ।
टिमुरले रोपेको तीन वर्षपछि फल दिन सुरु गर्छ । हरेक बोटबाट औसत तीन किलोसम्म फल प्राप्त गर्न सकिन्छ । टिमुरलाई भान्छामा मसलाको रुपमा प्रयोग गरिनुका साथै विभिन्न स्वास्थ्य समस्या कम गर्न पनि प्रयोग गर्ने गरिएको छ । नेपाली टिमुरको माग अन्तर्राष्ट्रिय बजारमा माग उच्च भए पनि माग अनुसारको उत्पादन भने बढ्न सकेको छैन । टिमुर खेतीलाई व्यवस्थित र व्यावसायिक बनाउन सरकारको ध्यान केन्द्रीत भएको वन तथा वातावरण मन्त्री प्रदिप यादवले बताउनुभयो ।