काभ्रे,
जिल्ला समन्वयन समिति काभ्रेले “शिक्षा क्षेत्रको वर्तमान अवस्था र भावी कार्यदिशा” बिषयक एकदिने गोष्ठिको आयोजना गर्ने भएको छ । जिसस कार्यालय काभ्रेले एक सुचना जारी गर्दै गोष्ठि सञ्चालन हुने जनाएको हो । जिल्ला समन्वयन समिति एवं शिक्षा विकास तथा समन्वयन ईकाई कार्यालयको संयुक्त आयोनामा हुने गोष्ठिमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको प्रमुख आतिथ्यतामा रहने उल्लेख भएको छ ।
धुलिखेल नगरपालिकाको सभाहलमा यहि भदौ २४ गते शुक्रबार विहान ११ बजे बाट गोष्ठी सञ्चालन हुने भएको छ । गोष्ठीमा शिक्षा शाखा प्रमुख, सबै आधारभूत तथा माध्यमिक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिको उपस्थितिमा रहने जनाइएको छ ।