रोशी सहर्मी–फाल्गुन ०२,
२०७६,सिन्धुली/

जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी जवान चन्द्रकिशोर रायले आफैलाई गोली हानेका छन् । ड्युटी (सेन्ट्री) मा रहेको बेला आज (बिहिबार) बिहान साढे सात बजेको समयमा आफैले बोकेको बन्दुक आफ्नै पेटमा हान्दा गोली लागेर राय घाइते भएको प्रहरी उपरीक्षक (एसपी) रन्जु सिग्देलले जानकारी दिईन् ।
तत्कालै घाइते जवान रायलाई सिन्धुली अस्पतालमा उपचार का लागी लगिएता पनि उपचार ह्न नसकेपछि थप उपचारका लागि काठमाण्डौ लगिएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए ।
प्रहरी उपरीक्षक (एसपी) सिग्देलले घाइते प्रहरी जवान बोल्न सक्ने अवस्थामा रहेको र सोध्दा आफैले गोली हानेको बताएको बताईन् । जवानले आफैलाई किन गोली हानेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments