असोज १८,
काठमाडौं बाट सिराहतर्फ गईरहेको बा ३ ख २३५९ नम्बरको मिनिबस काभ्रे र सिन्धुली जिल्लाको सिमानामा पर्ने नेपालथोकमा दिउँसो भएको दुर्घटनामा तीनको मृत्यु भएको छ ।
सो घटनामा पाँच जना गम्भीर घाइते भएका र उनीहरूको धुलिखेल अस्पतालमा उपचारका भई रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी चक्रबहादुर सिंहले बताए ।
मृत्यु हुनेमा सिराह जिल्लाका इनरुवा नगरपालिका वडा ८ का रामअबतार पण्डित, सप्तरी जिल्ला राजविराज ४ का लक्ष्मी देव र ढलबहादुर श्रेष्ठ गाडीको धनी ठेगाना नखुलेको रहेको छन । सो बसमा २८ यात्रु सवार थिए ।


Facebook Comments