रोशी सहकर्मी–फागुन ५,
२०७६,काभ्रे/

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा युगान्तकारी परिर्वतन दिनानुदिन भइरहेको बताएका छन् । धुलिखेल नगरपालिकाको ३४ औँ स्थापना दिवस तथा स्वर्गीय मदन भण्डारीको शालिक अनावरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले मुलुकमा भइरहेको परिर्वतन देखेर मानिस अतालिन थालेको बताए ।
प्रधानमन्त्री ओलीले ८८ प्रतिशत घरमा केन्द्रीय बिद्युत लाइन पुगेको जानकारी दिर्दै दुई बर्षमा बाँकी १२ प्रतिशत जनताको घरमा बिद्युत पु¥याउने गरी काम गरिरहेको छ भने । उनले मेलम्ची खानेपानी आयोजना ल्याएर काठमाडौंको खानेपानी अभाव न्युन गर्न सरकार लागि परेको बताउँदै खानेपानीको काम भइरहेको छ, भने । उनले ७७ वटै जिल्लामा फोरजी सेवा पु¥याउन सरकार लागि परेको छ भन्दै आधुनिक सूचना प्रविधिको प्रयोग गरेर मुलुकलाई डिजिटल नेपाल बनाउने नीति सरकारले लिएको र त्यो कार्यान्वयन गर्दै गइरहेका छौँ भने ।
“हाम्रो देश विकासको सिढी चढी रहेको छ, हरेक दिन युगान्तकारी विकासका काम सरकारले अगाडि बढाएको छ,” प्रधानमन्त्रीले थप्दै, “एउटा नयाँ युगको प्रारम्भ गरेका छौँ ।”
कार्यक्रममा सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले काभ्रेसँगै सिङ्गो देशको परिर्वतनको दिशामा अगाडि बढेको प्रधानमन्त्रीका अगाडि कुनै माग राख्न जरुरी नरहेको बताए । उनले हामी सबै विकासमा अगाडि बढ्ने बताउँदै विकस, प्रगती, न्याय र समानताका साथ सरकार अगाडि बढ्ने छ, भने ।
खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले धुलिखेल नगरपालिकाले सबै क्षेत्रलाई समेटेर विकास अगाडि बढाएकोमा खुशी लागेको भन्दै प्रशंसा गरिन् । धुलिखेल नगरपालिका नगरप्रमुख अशोककुमार व्याञ्जूले धुलिखेल नगरपालिकालाई २० बर्ष भित्रमा नेपाल कै नमुना नगर बनाउने गरी काम गरिरहेको बताए ।
प्रधानमन्त्री ओलीले धुलिखेल नगरपालिका र बाग्मती प्रदेशको संयूक्त लगानीमा निर्माण भएको स्वर्गीय मदन भण्डारी स्मृती पार्कको उद्घाटन गरेका थिए ।

Facebook Comments