रोशी सहकर्मी–फागुन ७,
२०७६,काभ्रे/

शिक्षा तथा बिज्ञान प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले घोकन्ते बिद्या र तीन घन्टे परिक्षा गुणस्तरीय शिक्षाका लागि चुनौती भएको बताएका छन् । धुलिखेलमा आज काभे्रपलाञ्चोक जिल्लालाई साक्षर घोषणा गर्दै मन्त्री पोखरेलले “जबसम्म हामी घोकन्ते बिद्या र तीन घन्टे परिक्षाबाट मूल्याकङ्कन गर्छौ, त्यती बेलामा सम्म कुनै परिर्वतन हुने छैन” भने । उनले नेपाललाई दुई बर्षभित्रमा साक्षर घोषणा गर्ने जानकारी दिए ।

काभ्रेपलाञ्चोक जिल्ला ९६.४८ प्रतिशत नागरिकलाई साक्षर भए सँगै ५२ औ साक्षर जिल्ला घोषणा गरिएको छ । शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीको प्रस्तावमा काभ्रेपलाञ्चोक जिल्लालाई साक्षर घोषणा गरिएको थियो । प्रतिनिधि सभा सदस्य सांसद गंगाबहादुर दोङ, प्रदेश सभा सदस्य लक्ष्मण लम्साल नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जु, तेमाल गाउँपालिका अध्यक्ष सलामसिं तामाङ, शिक्षा मानव संसाधन विकास विभागका महानिर्देशक तुलसीप्रसाद थपलिया, शिक्षा विकास समन्वय इकाई प्रमुख गोकर्णध्वज कार्कीले जिल्लाको साक्षरताको अवस्थाका बारेमा बताएका थिए ।

Facebook Comments