रोशी सहकर्मी, असोज २०
जिल्लाको रोशी गाँउपालीका वडा नं ११ का वडा अध्यक्ष माथि गोली प्रहार भएको छ । गय राती करिव १२ बजे वडा अध्यक्ष मिलन लामालाई गोली प्रहार भएको हो । गोली भित्तामा ठोकिएको हुनाले लामालाई केहि भएको छैन । गय राती अबेर सम्म फुटबलको बिषयमा विबाद हुँदा मिलनकै आफन्त अनुप बुद्ध लामाले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यलयका डि.एस्.पी. दिपक गीरीले जानकारी दिएका छन् ।

घटना लगतै मंगलटारबाट प्रहरीको टोली त्यस तर्फ प्रस्थान गरेको थियो । घटना पछि गोली प्रहार गर्ने व्यक्ति भनिएका अनुप बुद्ध लामा फरार रहेको र खोजी कार्य जारी रहेको गीरीले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको डि.एस्.पी. गीरीले जानकारी दिएका छन् ।

Facebook Comments Box