रोशी सहकर्मी–फागुन १३,
२०७६, काठमाण्डौ/

झोलाभित्र प्लाष्टिकमा दुर्लभ वन्यजन्तु हाब्रे (रेडपाण्डा) को छाला बेच्न लागेको अवस्थामा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । रेड पाण्डाको छाला किनबेचन गर्न लागेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनीहरुलाई सोमबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सिन्धुलीको तीनपाटन गाउँपालिका–४ बालाजोरका ३९ वर्षीय सूर्यबहादुर भुजेल, धादिङको धुँनिबेसी नगरपालिका–७ झाप्रेका ४० वर्षीय सुकबहादुर लामा, कास्कीको मादी गाउँपालिका–८ का ३७ वषीय युवराज सापकोटा र काठमाडौं बुढानिलकण्ठकी ४० वर्षीया कमला तामाङ छन् ।
पक्राउ परेका ४ जनालाई कारबाहीका लागि जिल्ला वन कार्यालय हात्तिसार पठाइएको महाशाखाले जनाएको छ ।

Facebook Comments