रोशी सहकर्मी–फागुन १७,
२०७६,काभ्रे/

काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सञ्चारकर्मीसँग अन्र्तक्रिया कार्यक्रम गरेको छ । आज बनेपामा बचत संघले पत्रकारसँग अन्र्तक्रिया कार्यक्रम गरेको हो ।
त्यस अवसरमा संघले ९२ लाख रुपियाँ नाफा गरेको जानकारी दिइएको थियो । आर्थिक बर्ष २०७६/०७७ को माघ मसान्तसम्ममा ९२ लाख ५५ हजार ८६१ रुपियाँ नाफा गरेको संस्थाले जानकारी दिइएको हो ।
काभ्रेपलाञ्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रथम उपाध्यक्ष इन्द्रप्रसाद अधिकारीले माघ मसान्तसम्ममा ७२ करोड ९२ लाख १९ हजार १८९ रुपियाँ कारोवार गर्न सफल भएको जानकारी दिनुभयो । शनिबार बनेपामा भएको कार्यक्रममा उहाँले शेयर पुँजी दुई करोड ८२ लाख ७६ हजार, जगेडा कोष तीन करोड १८ लाख ६४ हजार ९२९ रुपियाँ रहेको अधिकारीले जानकारी दिनुभयो । त्यस्तै अन्य कोषमा एक करोड १२ लाख ४७ हजार २५५, निक्षेप हिसाब ६४ करोड ४२ लाख १६ हजार ९५१ रहेको जानकारी दिनुभयो ।
प्रबन्धक गुरुप्रसाद ढकालले बचत संघ र नेफ्स्कुनसँगको साझेदारीमा बार्षिक सदस्यता नविकरण शुल्क, जोखिम सुपरीवेक्षण कार्यक्रम सञ्चालन, स्टेशनरी आपूर्ती सेवा सञ्चालन, सफ्टवेयर विक्री वितरण र तालिम कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो ।
काभे्रपलाञ्चोक जिल्लाका एक हजार ४९५ सहकारी दर्ता भएका छन । १३ वटा स्थानीय तह मध्ये बनेपामा सबै भन्दा बढी सहकारी दर्ता भएका छन् ।

Facebook Comments Box