यश कुमार परियार-फागुन १९,
२०७६,कटुञ्जे/

रोशी गाउँपालिकाको ४३ औँ कार्यपालिका बैठक सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष डि.बि. लामाको अध्यक्षतामा बसेको ४३ औँ कार्यपालिका बैठकले विभिन्न निर्णयहरु गरेको छ ।
बैठकले रोशी गाउँपालिका वडा नं १२ का वडा सदस्य विनोद कुमार सिंजाली मगरको परिवारलाई पालिकाले रु ६० हजार प्रदान गर्ने निर्णय गरेसँगै वितरण गरेको छ ।
चालु आर्थिक वर्ष २०७६/०७७ मा विनियोजित योजना मध्य प्रत्यक वडालाई रु ५ लाख थप्ने निर्णय गरेको छ ।
यसैगरी आर्थिक मामिला तथा योजना मन्त्रालय, वागमती प्रदेशको फागुन १४ गते प्रकाशीत सुचना बमोजिम समपुरक अनुदान तथा अनुदान तर्फका हाल सम्म डिपिआर तयार भएका योजनाको निमित्त बजेट माग गन निर्णय गरेको छ ।
त्यस्तै, विनियोजन ऐन २०७६ मा समानीकरण, विशेष समपुरक शसर्त तथा आन्तरिक श्रोतबाट विनियोजीत चालु तथा पुँजीगत तर्फको ६५ करोड ८ लाख ६३ हजार अनुमानीत बजेटलाई ६४ करोड ४२ लाख ५८ हजार ६०० कायम गरेको छ ।
यस्तै, नयाँ किरण विद्युत सहकारी संस्था लिमिटेड तथा प्रत्यक्षदर्शी रोशी गाउँपालिकाका अध्यक्ष दल बहादुर (डि.बी.) लामा एवं छानवीन समितिका संयोजक उपाध्यक्ष लक्ष्मी उप्रेती बर्तौला तथा प्रमुख प्रशासकिय अधिकृत डम्बरु दाहाल बिरुद्ध उच्च अदालत पाटनमा पेश गर्नका लागी कानुनी सहजकर्ता वेवी डेजी गुप्तालाई अख्तीयारी प्रदान गर्ने र वकालतका लागी अधिवक्ता रमेश हुमागाईलाई तोकिएको छ ।
त्यस्तै, २०७६/०७७ सम्म बढि कर तिर्ने संस्थागत थर्फ रोशी ८ मा रहेको नाङशाल रोडा ढुंगा उद्योग, बढि घर वाहाल कर तिर्ने रोशी ७ की लक्ष्मी श्रेष्ठ, बढि सम्पत्ती कर तिर्ने वडा नं ६ कि चिनीमायाँ लामालाई उत्कृष्ट करदाता पुरस्कार प्रदान गर्ने निर्णय भएको प्रवक्त पदम बहादुर लामाले जानकारी दिएका छन् ।

Facebook Comments