रोशी सहकर्मी–फागुन २१,
२०७६,काभ्रे(चौरीदेउराली)/

चौरीदेउराली गाउँपालिका स्तरीय अध्यक्ष गोल्ड कप फुटबल प्रतियोगीताको उपाधी वडा नम्बर २ नाग्रेगगर्चेले जितेको छ । मंगलबार सकिएको फाईनल खेलमा वडा नम्बर ३ माझीफेदालाई ४–० गोलले हराउदै वडा नम्बर २ ले उपाधि जितेको हो ।
प्रतियोगीतामा पहिलो हुने वडा नम्बर २ नाग्रेगगर्चेले क्रमसः नगद ५० हजार, ट्रफि, प्रमाण पत्र र मेडल पाएको छ । दोस्रो भएको वडा नम्बर ३ माझीफेदाले नगद २५ हजार र तेस्रो भएको वडा नम्बर ७ मादनकुडारीले १० हजार नगद पुरस्कार पाएको गाउँपालिकाका प्रवक्ता बिनोद घिसिङले जानकारी दिए ।
अध्यक्ष गोल्ड कप फुटबल प्रतियोगीताको समापन कार्यक्रममा बाग्मती प्रदेशका उपसभामुख राधिका तामाङ,प्रदेश सभा सांसद रत्न ढकाल,जिल्ला खेलकुद बिकास परिषद् काभ्रेका अध्यक्ष मान बिर लामा,गाउँपालिकाका अध्यक्ष दिनानाथ गौतम लगायत सहभागी भएका थिए ।

Facebook Comments Box