यश कुमार परियार–फागुन २२,
२०७६,कटुञ्जे/

जिल्लाको रोशी गाउँपालिकाले बाबुआमा हेरचाह गर्ने २४ सन्तानलाई “श्रवणकुमार सम्मान पुस्कार” द्धारा सम्मान गरेको छ । आज गाउँपालिका अध्यक्ष दल बहादुर (डि.बि.) लामाको अध्यक्षतामा बसेको छैटौँ गाउँसभाले उनिहरुलाई सम्मान गरीएको हो । १२ वडा रहेको गाउँपालिकामा हरेक वडा बाट २/२ जना छनौट गरी आज सभाका बिच गाउँपालिका अध्यक्ष दल बहादुर (डि.बि.) लामा, उपाध्यक्ष लक्ष्मि उप्रेती बर्तौला र प्रमुख प्रशासकिय अधिकृत डक्बरु दाहालले नगद रु ५ हजार साथै सम्मान पत्र सहित पुरस्कृत गरेका हुन् ।
यसरी सम्मानीत हुनेमा वडा नं. १ बाट पञ्च लाल तामाङ र विक्रम लाल महाजु, २ बाट गोपी मगर र रबिन बोहोरा, ३ बाट ऋतु कुमारी मगर र धन कुमारी लामा, वडा नं ४ बाट दावा तामाङ र शशिका मगर, वडा नं ५ बाट बहादुर सिं तामाङ र च्याङबा लामा दोङ, ६ बाट नारायण सिं तामाङ र मेघ राज तामाङ, ७ बाट केशब बहादुर गौतम र एकुराज राक्से ठकुरी, ८ बाट सत्यमान लामा र रेशम बहादुर रङ्गाली, ९ बाट चतुर सिं बिश्वकर्मा र अर्जुन कुमार पहरी, १० बाट दुधराज हायु र वसन्त प्रसाद हुमागाँई, ११ बाट कमला पहरी र धन बहादुर देउजा, १२ बाट कृष्ण बहादुर भुजेल र सुब्बा लाल भोम्जन रहेका छन् ।
रोशी गाउँपालिकाको सुसंस्कार हाम्रो अभियान भन्ने नाराका साथ गाउँपालिकाले यस अघि आमा बुवाको स्याहार सुसार गर्ने सन्तानलाई सम्मान गर्ने जनाएको थियो ।

त्यस्तै, गाउँपालिकाले २०७६/०७७ मा बढि कर तिर्नेलाई पनि सम्मान पत्र सहित सम्मान गरेको थियो । सम्मानीत हुनेमा संस्थागत थर्फ रोशी ८ मा रहेको नाङशाल रोडा ढुंगा उद्योग, बढि घर वाहाल कर तिर्ने रोशी ७ की लक्ष्मी श्रेष्ठ, बढि सम्पत्ती कर तिर्ने वडा नं ६ कि चिनीमायाँ लामालाई उत्कृष्ट करदाता पुरस्कार प्रदान गरीएको थियो ।

Facebook Comments Box